जयन्ती कप भलिवलको उपाधि त्रिभुवन मावि खलंगालाई

Visionkhabar
प्रकाशित मितिः आइतवार, बैशाख १, २०७६  || 101 Views   ||   |  


जाजरकोट । नयाँ वर्ष २०७६को अवसर पारेर अमेरीकामा वस्ने नेपाली युवा समाजसेवी जयन्ती थापाको सहयोगमा शुक्रवार देखि खलंगामा सुरु भएको जयन्ती कप खुला महिला भलिवल प्रतियोगिताको उपाधि त्रिभुवन माध्यमिक विद्यालय खलंगाले हात पारेको छ ।

जयचन्द्र मिडिया ग्रुप प्रालि जाजरकोटको आयोजना र कुशेमालिका अनलाइनको सहकार्यमा सन्चालित उक्त प्रतियोगितामा अन्य समुहलाई पछि पार्दै त्रिभुवनका खेलाडीले उपाधि संगै १५ हजार नगद हात पारेका छन् ।

भलिवलमा विजयी सवै खेलाडीहरुलाइ आइतवार सदरमुकाम खलंगाको ठाँटीवजारमा आयोजित विशेष कार्यक्रमका विच पुरस्कार वितरण गरिएको हो ।

विजयी त्रिभुवन माध्यमिक विद्यालय खलंगाका खेलाडीहरुलाइ जाजरकोटका पुर्व साँसद दिपकजंग शाह, जयन्तीका वुवा धर्मजंग थापा र प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतले संयुक्त रुपमा ट्रफी र नगद पुरस्कार प्रदान गरे ।

यस्तै कार्यक्रममा त्रिभुवन माध्यमिक विद्यालयको छात्रावास समुहले द्धितीय र शिव व्यावसायिक मावि कालेगाँउले तृतीय स्थानको पुरस्कार हात पारेका छन् ।
प्रथम हुने त्रिभुवनले जयन्ती कपको ट्रफी,१५ हजार नगद, द्धितीय हुने त्रिभुवन माध्यमिक विद्यालयकै छात्रावास समुहले १० हजार नगद र तृतीय हुने शिव व्यावसायिक माध्यमिक विद्यालय कालेगाउँले ५ हजार नगद पुरस्कार हात पारेका छन् ।

यस्तै उक्त भलिवल प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने त्रिभुवन माध्यमिक विद्यालय खलंगाकी वन्दना रावतलाइ उत्कृष्ट खेलाडी र अनुशासनपुर्वक खेल प्रदर्शन गर्ने छात्रावास समुहकी सविता रोकायलाइ अनुशासित खेलाडीको मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

युवा समाजसेवी जयन्तीको ५० हजार नगद सहयोग लिएर कुशेमालिका अनलाइनको सहकार्यमा स्थानीय जयचन्द्र मिडिया ग्रुप प्रालि जाजरकोटले जयन्ती कप खुला भलिवल प्रतियोगिाको आयोजना गरेको हो । प्रतियोगितामा विभिन्न विद्यालय र अन्य सस्थाका ५० वढी खेलाडीहरुको सहभागिता रहेको थियो ।

जयन्ती कप खुला महिला भलिवल प्रतियोगिताको समापनको अवसरमा सदरमुकाम खलंगामा अयाोजित कार्यक्रममा वोल्ने वक्ताहरुले विदेशी माटोमा वसेर पनि सधै नेपालको लागि सेवा भाव राख्ने जयन्ती सवैको प्रेरणा र उदाहरण वनेको वताए । कार्यक्रममा पुर्व साँसद दिपकजंग शाहले देशमा जन्मेका हजारौं छोरीहरु मध्य जयन्तीले असल छोरीले गर्ने उदाहरणीय काम गरेको वताए ।

उनले विदेशमा रहेर पनि आफनो देशको चिन्ता गरिरहने जयन्ती हामी सवैका लागि प्रेरणाको श्रोत भएको वताए । यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतले सात समुद्र पारी वसेर पनि आफनो मातृभुमिलाइ माया गर्ने जयन्तीको नेपाली मन सवैमा हुन जरुरी रहेको वताए ।

जयन्तीका वुवा धर्मजंग थापाले छोरीको कार्यले आपतमा परेको मानिसले राहत पाएको र समाजको हित हुने काम गरेको देखेर आफुलाइ निकै खुसी लाग्ने गरेको वताए । उनले नेपाली माटो र नेपाली जनताका लागि छोरी जयन्तीले गरेको कामले आफु गौरवान्वित भएको पनि वताए । कार्यक्रमा भेरी नगरपालिकाका उपमेयर भावना भन्डारीले जयन्तीको कार्यले आफुलाइ पनि समाजका लागि केहि गरौं भन्ने उत्प्रेरणा जागेको वताइन् ।

जयन्तीले गरेका सामाजिक कामको वारेमा सुन्दा आफुलाइ पनि केहि गरौं गरौं जस्तो भएको उपमेयर भन्डारीले वताइन् । जयन्ती कप खुला महिला भलिवल प्रतियोगिताले जाजरकोटमा महिला खेलाडीहरु पहिचान गर्ने ठुलो अवसर मिलोको कर्णाली प्रादेशिक रेफ्री अमृत मल्लले वताए । उनले आगामी दिनमा हुने भलिवल प्रतियोगिताको लागि यो जयन्ती कपले ठुलो आधार निर्माण गरेको वताए ।

यस्तै प्रतियोगिताले आफुहरुलाइ धेरै कुरा सिक्न मद्दत गरेको त्रिभुवन माध्यमिक विद्यालयकी खेलाडी वन्दना रावतले वताइन् । कार्यक्रममा पुर्व साँसद दिपकजंग शाह, प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेत, वारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रवहादुर शाह, कुशेगाउँपालिकाका अध्यक्ष हरिचन्द्र वस्नेत, नेपाल पत्रकार महासंघका अध्यक्ष भीमवहादुर सिंह, काँग्रेस नेता वेदराज सिंह, जाजरकोटी स्रष्टा राजुराजा सिंह लगाएत पत्रकार, खेलाडी, र सर्वसाधारणको उपस्थिति रहेको थियो ।