महामन्त्री खड्काको उपस्थितिमा वैशाख ३ गते जाजरकोट काँग्रेसको सम्मेलन हुदै

Visionkhabar
प्रकाशित मितिः शनिबार, चैत्र ३०, २०७५  || 57 Views   ||   |  


जाजरकोट । नेपाली काँग्रेस जाजरकोटले आगामी वैशाख ३ गते जिल्लामा आफना नेता कार्यकर्ताहरुको सम्मेलन गर्ने भएको छ । पार्टीका महामन्त्री एवम पुर्व गृहमन्त्री पुर्णवहादुर खड्काको उपस्थितिमा काँग्रेसले पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तक, विभिन्न भातृ तथा भगिनी सँस्थाका नेता कार्यकर्ताहरु र अन्य समर्थकहरुको सहभागितामा सम्मेलन गर्न लागेको नेपाली काँग्रेस जाजरकोटका सचिव खडक विसीले वताए ।

उनले पार्टीको संगठन सुदृढिकरण तथा कार्यकर्ताहरुको परिचालनमा सहयोग पुरयाउन पहिलो पटक जिल्ला सम्मेलन गर्न लागिएको वताए । सदरमुकाम खलंगामा आयोजना हुने सम्मेलनमा काँग्रेस जाजरकोटका सवै नेता कार्यकर्ता र समर्थकहरुलाइ अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको पनि सचिव विसीले वताए ।

सम्मेलन मार्फत जाजरकोट काँग्रेसलाइ सांगठनिक एवम वैचारिक रुपमा शसक्त वनाउन मद्दत पुग्ने काँग्रेस नेताहरुको भनाइ छ । दुइ वर्ष अघि सम्पन्न स्थानीय तहको चुनाव र डेढ वर्ष अघि सम्पन्न प्रदेश र संघीय संसदको चुनावमा पार्टीले वेहोरेको हारको उचित समीक्षा गर्ने र पार्टीको संगठन निर्माणको निस्क्रियतालाइ सक्रियतामा वदल्ने अस्त्रको रुपमा सम्मेलनलाइ लिइएको नेताहरु वताउछन् ।

नेपाली काँग्रेसलाइ गाउँ मुखी वनाएर काँग्रेसका नेता कार्यकर्ता शुभचिन्तक समर्थक सवैले गर्नुपर्ने कामका वारेमा सम्मेलनमा व्यापक छलफल हुने काँग्रेस जाजरकोटका नेता वेदराज सिंहले वताए ।  उनले काँग्रेसको विद्यान अनुसार आयोजना गरिएको सम्मेलनले नेपाली काँग्रेसको संगठन वलियो वनाउन र नेता कार्यकर्ताहरुमा उर्जा थप्न ठुलो भुमिका खेल्ने वताए ।

जिल्लाका सातै स्थानीय तहका ७७ वटा वडावाटै पार्टी र विभिन्न भातृ सँस्थाका अगुवा कार्यकर्ताहरुलाइ सदरमुकाममा उतारेर सम्मेलन भव्य वनाउने तयारी भइरहेको काँग्रेसले जनाएको छ ।

दुइ वर्ष अघि स्थानीय तहको चुनाव सकिए देखि पार्टीका कार्यकर्तालाइ प्रशिक्षण दिने, सत्तारुढ नेकपाका गलत कामहरुको भण्डाफोर गर्ने, चुनाव हारेर निरास वनेका नेता कार्यकर्ताहरुलाइ पार्टी निर्माणको जिम्मेवारी दिने, अहिलेको अवस्थामा पार्टीलाइ कसरी अगाडि लिने भन्ने वारेमा काँग्रेसको जिल्ला देखि केन्द्रले ठोस नीति निर्णय र अभिायान चलाउन नसकेको तल्लो तहका नेता कार्यकर्ताहरुको व्यापक गुनासो रहेको छ ।

पार्टीको महामन्त्री जस्तो महत्वपुर्ण व्यक्तिको उपस्थितिमा सम्मेलन हुन लागेकोले जिल्लाका सवै नेता कार्यकर्ताहरुको उपस्थिति गराउने र आवस्यक सवै सवालहरुमा खुलेर छलफल गर्ने कार्यक्रम तय गर्न जिल्ला कार्य समितिका सवै नेताहरुले जिम्मेवारीका साथ काम गरिरहेको सभापति दिपक जंग शाहले वताए ।