चिनिया नागरिकले मलद्वारमा लुकाएको तिन किलो सुन प्रहरीले यसरि समायो

Visionkhabar
प्रकाशित मितिः बिहिबार, चैत्र २८, २०७५  || 125 Views   ||   |  

काठमाडौं । सुन्दा पनि अच्चम्म लाग्ने । सुन  तस्करीले यति सम्म गर्दा रहेछन कि आफ्नो मलद्वार भित्र सुन लुकाएर नेपाल भित्र्याउन लागेको सुन प्रहरीले भेटाएको छ । मलद्वारमा घुसाएर नेपाल भित्र्याउन लागिएको तिन किलो सुन सहित चिनिया नागरिकलाइ प्रहरी पक्रन सफल भएको हो ।

लुकाएर ल्याउँदै गरेको करिब साढे तीन किलो सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन् । त्रिभुवन विमानस्थल प्रहरी र भन्सार कार्यालयको टोलीले तीन किलो ३ सय ग्राम सुनसहित उनीहरुलाई पक्राउ परेको हो ।

प्रहरीका अनुसार चीनको कुनिमङबाट चाइना इस्टर्न एयरलाइन्समार्फत बिहीबार अपरान्ह साढे ३ बजे काठमाडौं उत्रेका उनीहरुलाई विमानस्थल भन्सार र प्रहरीले शंका लागि चेकजाँच गर्दा सो परिमाणको सुन भेटिएको हो ।

शंका लागेपछि प्रहरी र भन्सारका अधिकारीहरूले केएमसी अस्पतालमा लगेर एक्सरे गराउँदा मलद्वारमा राखेको अवस्थामा सुन भेटिएको विमानस्थल सुरक्षा कार्यालयका निमित्त प्रमुख एसपी कृष्ण कोईरालाले जानकारी दिए ।

सुरक्षा गेटबाट बाहिरिँदा शरीरमा धातु भएको संकेत देखिएपछि अस्पताल लगेर एक्सरेमा गर्दा पेटमा सुन रहेको पत्ता लागेको थियो ।