स्वागत तथा बिधाई कार्यक्रम

visionkhabar
प्रकाशित मितिः बुधबार, चैत्र २७, २०७५  || 152 Views   ||   |  

सरू बस्नेत,
बाँके । बाँकेको महेन्द्र बहुमुखी क्याम्पसमा बिए प्रथम र दोस्रो बर्षका विद्यार्थीहरूको भब्य स्वागत तथा बिधाई गरिएको छ ।

सहायक क्याम्पस प्रमुख अर्जुन पोखरेलकाे प्रमुख अतिथ्यतामा भएकाे कार्यक्रममा अनेरास्ववियुका प्रकाश बि क, ने बि संघका सि पि देबकोटा, अखिल क्रान्तिकारीका धुर्ब जोशिले मन्तब्य राख्नु भएको थियोे ।

महेन्द्र बहुमुखी क्याम्पस मानविकी संकायले स्वागत तथा बिदाइ कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा अनेरास्ववियुका सचिव प्रकाश बिकले शैक्षिक रुपान्तरणमा अनेरास्ववियु सधै बिद्यार्थीका पक्षमा हुने बताउनुभयाे ।

कार्यक्रमको अध्यक्षता सर्मिला केसिले गर्नुभएकाे थियाे भने कार्यक्रम उद्घोषक लन्क शाहीले गर्नुभएको थियाे ।