दुर्गम गाउँमा पहिलो पटक भिडियो एक्सरे सहितको स्वास्थ्य शिविर, स्थानिय दंग

Visionkhabar
प्रकाशित मितिः मङ्लबार, चैत्र २६, २०७५  || 187 Views   ||   |  


जाजरकोट । स्वास्थ्य संस्थाको पहुँच नपुगेको दुर्गम गाउँमा भेरी नगरपालिकाले भिडियो एक्सरे सहितको स्वास्थ्य शिविर संचालन गरेपछि स्थानिय निकै खुसि भएका छन् । महिला, बालबालिका तथा वृद्धवृद्धालाई लक्षित गरेर नगरपालिकाले प्रथम मेयर निशुल्क घुम्ति स्वास्थ्य शिविर संचालन गरेपछि स्थानिय खुसी भएका हुन् ।

भेरी नगरपालिका ७, मिथेंग्राको दहबजारमा विशेषज्ञ स्वास्थ्य सेवा सहित मंगलवार शिविर सम्पन्न गरिएको छ । र्दुगम गाउँमा पहिलो पटक निशुल्क स्वास्थ्य शिविर संचालन भएपछि स्थानिय निकै लाभाम्बित भएका छन् । उनिहरुले घरआँगनमै स्वास्थ्य सेवा लिन पाउँदा दंग परेको बताए ।

शिविरमा उपचार गराउन पुुगेका वृद्धवृद्धाले नगरप्रमुखलाई धन्यवाद दिएका छन् । आफुले चुनावको वेला वोलेको बाचाहरु पुरा गरेको भन्दै धन्यवाद दिएका हुन् ।
सोमवार देखी मंगलवार सम्म संचालन भएको शिविरमा ४ सय ७१ जनाले उपचार गराएका छन् । जसमध्य ३ सय ६९ जना महिलाले सेवा लिएका छन् । शिविरमा विशेषगरेर महिला, बालबालिका तथा वृद्धवृद्धाले बढि सेवा लिने गरेका छन् ।

शिविरमा पाठेघरको क्यान्सर सम्बन्धि परिक्षण (ख्क्ष्ब्) गरिएको छ । भने क्षय रोगको परिक्षणको लगि खकार संकलन गरिएको छ ।

पाठेघरको क्यान्सर सम्बन्धि परिक्षण (ख्क्ष्ब्) गराएका ६१ जना मध्ये तिन जनामा क्यान्सर भेटिएको डा.भुपेन्द्र मल्लले बताए । ५६ बर्सिय महिलामा पनि पाठेघरको क्यान्सर भेटीएको उनले बताए । क्षय रोगको लागि १७ जनाको खकार संकलन गरिएको छ ।

शिविरमा १ सय ६३ जनाले भिडियो एक्सरे सेवा लिएका छन् ।

डा. भुपेन्द्र मल्लको नेतृत्वमा १६ जना स्वास्थ्यकर्मिहरुको टोली शिविरमा खटिएको छ । बुधवार देखी वडा नम्बर २ मा शिविर संचालन हुने जनाइएको छ ।

भेरी नगरपालिकाले गाउँमै पहिलो पटक भिडियो एक्स–रे, दन्त सेवा, पाठेघरको जाँच, त्यसको क्यान्सरको जाँच, खकार परिक्षण लगायतको सेवासुविधा सहितको शिविर संचालन गरेपछि स्थानियबासी निकै खुसि भएका छन् ।