सेफ्टीट्याङ्कीमा निसास्सीएर कोहलपुरमा दुईको मृत्यु

visionkhabar
प्रकाशित मितिः मङ्लबार, चैत्र २६, २०७५  || 227 Views   ||   |  

काेहलपुर । सेफ्टीट्याङ्की सफा गर्ने क्रममा कोहलपुरमा दुई जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नं. ११ स्थित पिपलचौतारा नजिकै रामप्रसाद सिग्देलको घरमा रहेको सेफ्टीट्याङ्की सफा गर्ने क्रममा कोहलपुर नगरपालिका-६ रझेनाका कुमार थारु र चेतराम थारुको ज्यान गएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक मानबहादुर विसीले जानकारी दिए ।

सेफ्टीट्याङ्की सफा गर्न भित्र छिरेका उनिहरु लामो समयसम्म बाहिर ननिस्कीएपछि निसासीएर मृत्यु भएको  विसीले बताए ।