कालाभुरमा ५ सय बढिले उपचार गराए, तिन महिलामा पाठेघरको क्यान्सर

Visionkhabar
प्रकाशित मितिः आइतवार, चैत्र २४, २०७५  || 224 Views   ||   |  


जाजरकोट । भेरी नगरपालिकाले कालाभुरमा संचालन गरेको स्वास्थ्य शिविरमा पाँच सय बढिले उपचार गराएका छन् । आइतवार सम्पन्न प्रथम मेयर निशुल्क घुम्ति स्वास्थ्य शिविरमा पाँच सय ७६ जनाले उपचार गराएका हुन् ।

नगरपालिकाले विशेषज्ञ स्वास्थ्य सेवा सहित घरदैलोमै शिविर संचालन गरेर नागरिकहरुको उपचार गरिरहेको छ । वडा नम्बर ९ को कालाभुरमा संचालन भएको शिविरमा धेरै जसो महिलाहरुले उपचार गराएका छन् । शिविरमा पाठेघरको क्यान्सर सम्बन्धि परिक्षण (VIA) र खकार परिक्षण गरिएको छ ।

पाठेघरको क्यान्सर सम्बन्धि परिक्षण (VIA) गराएका ८५ जना मध्ये तिन जनामा क्यान्सर भेटिएको डा.भुपेन्द्र मल्लले बताए । ९३ जना महिलाले पाठेघरको जाँच गराएका थिए । जसमा १७ जनामा पहिलो चरणको पाठेघरको समस्या दखिएको छ । त्यस्तै ४ जनामा दोस्रो चरणको पाठेघरको समस्या देखिएको अहेव रत्न घर्तीले जानकारी दिए । ४ जनालाई रिङप्रेसरी राखिएको उनले बताए ।

कुल पाँच सय ७६ जना मध्ये चार सय ३१ जना महिलाले उपचार गराएको नगर स्वास्थ्य प्रमुख विरेन्द्र कुमार शर्माले जानकारी दिए । जसमा एक सय ४५ जना पुरुषले मात्र उपचार गराएका छन् ।

शिविरमा उपचार गराउन आएका स्थानियले गाउँघरमै बिशेषज्ञ स्वास्थ्य सेवा लिन पाएको भन्दै खुसी भएका छन् ।

स्वास्थ्य संस्थाको पहुच नपुगेका बिभिन्न वडाहरुमा अहिले प्रथम मेयर निशुल्क घुम्ति स्वास्थ्य शिविर मार्फत नगरपालिकाले विशेषज्ञ सेवा सहितको उपचार दिइरहेको छ । शिविरमा विषेशगरी महिला, बालबालिका तथा वृद्धवृद्धाले सेवा लिएका छन् ।

सोमवार वडानम्बर ७ को दहबजारमा शिविर संचालन हुदैछ । नगरप्रमुख चन्द्रप्रकाश घर्तीले सवैलाई स्वास्थ्य परिक्षण गरि लाभ लिन आग्रह गरेका छन् ।
गाउँघरमै नागरिकहरुको स्वास्थ्य उपचार गर्न भेरी नगरपालिकाले शिविर संचालन गरेको छ । सहजरुपमा स्वास्थ्य उपचार गर्न नगरपालिकाले प्रथम मेयर निशुल्क घुम्ति स्वास्थ्य शिविर संचालन गरेको हो ।

भेरी नगरपालिकाले गाउँमै पहिलो पटक भिडियो एक्स–रे, दन्त सेवा, पाठेघरको जाँच, त्यसको क्यान्सरको जाँच, खकार परिक्षण लगायतको सेवासुविधा सहितको शिविर संचालन गरेपछि स्थानियबासी निकै खुसि भएका छन् ।

एउटा जानकारी मुलक भिडियो हेर्नुहोस :