हास्य टेलिश्रृंखला ‘भद्रगोल’ को प्रशारण यस कारण रोकीयो

Visionkhabar
प्रकाशित मितिः आइतवार, चैत्र २४, २०७५  || 246 Views   ||   |  


काठमाडौं । नेपाल टेलिभजनबाट प्रसारण हुने हास्य टेलिश्रृंखला ‘भद्रगोल’ युटुवमा प्रशारण रोकीएको छ । हरेक शुक्रबार साँझ प्रशारण हुने सर्वा्धिक रुचाईएको टेलिश्रृंखला भद्रगोल यो शुक्रवार भने प्रशारण भएन । लाखौं नेपाली भद्रगोलको नयाँ एपिसोड हेर्ने आशमा शुक्रवारको व्यग्र प्रतिक्षामा हुन्छन् । तर यो शुक्रवार लाखौ दर्शक निराश भए ।

युट्युबमा सर्वाधिक हेरिने हास्य टेलिश्रृंखला ‘भद्रगोल’ शुक्रवार साँझ युट्युबबाट भने प्रसारण भएन । भद्रगोलको २०५औं श्रृंखलामा ‘एपि वान’ टेलिभिजनबाट प्रसारण हुने ‘को बन्छ करोडपति’को सामग्री समावेश गरिएको कारण युटुवमा प्रशरण रोकीएको रहेछ ।

सम्बन्धित निकायको आधिकारिक सहमतिपत्र प्राप्त भएपछि मात्रै युट्युबमा प्रसारण गर्नेछौं भन्ने ३० सेकण्डको सूचनाले ‘भद्रगोल’का युट्युब दर्शकको हाँस्ने चाहनामा पूर्ण्विराम लगाइदिएको छ ।