कारागार किताब अभियानबाट स्थापीत पुस्तकालयको उद्दघाटन

visionkhabar
प्रकाशित मितिः शनिबार, चैत्र २३, २०७५  || 120 Views   ||   |  

जाजरकाेट । कारागारका लागि किताब अभियानबाट स्थापित पुस्तकालयको आज जाजरकाेटमा एक कार्यक्रमका बिच उद्घाटन गरीएको छ ।  कारागारलाई किताब अभियान उप समितिले कारागारमा रहेका कैदी बन्दीका लागी कारागारमा पुस्तकालय स्थापना गरेको हो ।

कैदीहरुको ब्यहोरामा परिवर्तन संगै सकरात्मक सोचको बिकासका लागि किताब सहयोग कार्यक्रम अन्तरगत जिल्ला कारागार कार्यालयको परिसरमा स्थापना गरीएको पुस्तकालयको उद्दघाटन प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले गरेका हुन । कैदी बन्दीहरुलाई अध्यनशिल बनाउन कर्णाली प्रदेश प्रहरी कार्यालयको समुदायिक–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत संचालीत कर्णाली प्रदेश भित्रका १० वटै जिल्लामा एकै साथ पुस्तकालयको स्थापना गरीएको छ ।

जाजरकाेटका प्रहरी प्रमुख श्याम बहादुर खत्रीकाे अध्यक्षतामा भएकाे पुस्तकालय उद्घाटनमा उपन्यासकार तथा कथाकार अर्चना थापा र सुविन भट्टराई, जिल्ला स्थित सुरक्षा निकायहरु ,कारागारलाई किताब अभियान उप-समितिका पदाधिकारीहरु, पत्रकार, कारागारका बन्दी लगाएतकाे सहभागिता रहेकाे थियाे ।

आज स्थापना भएको पुस्तकालयमा बिभिन्न बिधा र लेखकका ७ सय ८४ वटा पुस्तक रहेको प्रहरीले जनाएकाे छ ।