पशु विकास क्षेत्रमा कर्णाली प्रदेशले मतलब दिएको छैन : घर्ति

visionkhabar
प्रकाशित मितिः शनिबार, चैत्र २३, २०७५  || 88 Views   ||   |  

सुर्खेत । ‘कर्णाली प्रदेश सरकारका उप—सभामुख पुष्पा घर्तिले ‘कर्णाली प्रदेश सरकारले पशु विकास क्षेत्रमा मतलब नराखेको बताउँनुभएको छ ।’

नेपाल पराभेटेरीनरि एण्ड लाईभस्टक एशोसियन केन्द्रिय कार्यालय काठमाडौँको आयोजना र पराभेटेरीनरि प्रदेश कार्य समिति कर्णाली प्रदेश, सुर्खेत जिल्ला कार्य समितिको समन्वयमा ‘‘दिगो विकास, एव समृद्ध नेपाल निर्माणमा पशु विकासको आवाश्यक्ता, प्रविधि र प्राविधिक जनशक्तिको सक्रियता आजको आवश्यक्रा भन्ने मुल नारा’’ सहित समृद्धीको आधार प्रभावकारि पशु विकासको लागि कार्यक्रम र बजेट सम्बन्धी‘भुमि व्यवस्था, कृषि तथा सहकारि मन्त्रालयमा सनिबार गरिएको अन्तरक्रिया गोष्ठि कार्यक्रममा उहाँले यस्तो बताउँनुभएको हो ।

घर्तिले,सबै कुरा नयाँ र संघले पुरा अधिकार नदिँदा हरेक काम गर्न असहज भएको र यहाँ हरेक काम गर्दा, पाईला पाईलामा दलालीकरण हुने बताउँनुभयो । उहाँले, पशु विकास र कृषिको क्षेत्रमा अघि बढ्नुनै समृद्ध नेपालको नारा साकार हुँन सक्ने बताउँनुभयो । उहाँले, अव प्रदेश सरकारको कान खोलिएको बताउँदै, ‘कर्णाली प्रदेश सरकारले पशू विकासको क्षेत्रमा बजेट लभित गर्न तयार हुने बताउँनुभयो’ ।

नेपाल पराभेटेरीनरि एण्ड लाईभस्टक एशोसियनका अध्यक्ष रामप्रसाद मेहताले, ०४७ असारमा स्थापना भएको सँस्थाले हालसम्म ३० हजार भन्दा बढी सदस्यलाई पेशामा सँलग्न गरिसकेको दावी गर्नुभयो । छोटो भएको बिचमा आफुहरुले देशका विभिन्न ठाउँगाउँमा चेतनामुलक, शिर्जनात्मक, कार्यक्रम गरेको बताउँदै, अव देशका वडा वडामा एक—एक प्राविधिक खटाई पशुको बिमा कार्यक्रम गर्ने बताउँनुभयो ।

कार्यक्रममा कर्णाली प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारि मन्त्रालयका वरिष्ट अर्थ विज्ञ हरि प्रसाद पण्डितले ‘कर्णाली प्रदेशलाई अर्गानीक प्रदेश बनाउँनको लागि पशु क्षेत्रलाई निकै प्राथमिक्ताको साथमा लिनुपर्ने बताउँनुभयो ।

कार्यक्रममा सहभागी गुराँस गाउँपालिका दैलेखका अध्यक्ष खेमराज वलीले‘ अहिलेका स्थानीय सरकारले डोजर आतङ्कलाई प्राथमिक्ता दिएको तर पशु विकास र कृषि क्षेत्रमा ध्यान नदिएको बताउँनुभयो । उहाँले आफ्नो गाउँपालिकाले हाल सम्म सबैभन्दा बढी बजेट पशु विकास र कृषि क्षेत्रलाई विनियोजन गरेको बताउँनुभयो ।‘उहाँँले सुखी नेपाल, समृद्ध नेपालको नारा साकार बनाउँन तीनै तहका सरकारले सो क्षेत्रमा पाईला चाल्न आग्रह समेत गर्नुभयो ।