धनी र गरिबबीचको खाडल अन्त्य गर्ने योजना बनाउनुपर्छ : दाहाल

visionkhabar
प्रकाशित मितिः बुधबार, चैत्र २०, २०७५  || 116 Views   ||   |  

काठमाण्डाै । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले धनी र गरिबबीचको खाडल अन्त्य गर्ने गरी योजना बनाउन सरकारलाई सुझाव दिनु भएको छ ।

राष्ट्रिय विकास परिषदको बैठकमा अध्यक्ष दाहालले समाजमा रहेका सबै प्रकारका विभेद अन्त्य गर्ने खालको कार्यक्रम तर्जुमा गर्नुपर्ने बताउनुभएको हो । उहाँले जनताले महसुस गर्ने गरी सुशासनमा जोड दिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । अध्यक्ष दाहालले रोजगारी सृजनाका लागि शिक्षा नीतिमा सुधार गर्नुपर्ने आवश्यकता पनि औंल्याउनु भयो ।

पढेको जनशक्ति विदेश पलायन हुने क्रम रोक्न सरकारले आवश्यक योजना बनाउनुपर्ने दाहालको भनाइ छ । उहाँले उत्पादन वृद्धि र रोजगारीको अवसर सृजना हुने खालको शैक्षिक नीति तय गर्न पनि सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले योजना बनाउन सजिलो हुने भएपनि कार्यक्रम बनाएर कार्यान्वयन गर्न मूख्य चुनौति भएकाले त्यसतर्फ ध्यान दिन योजना आयोगलाई आग्रह गर्नुभयो ।