नेपाल हिन्दूराष्ट्र बन्न सक्दैन : काँग्रेस उपसभापति निधि

Visionkhabar
प्रकाशित मितिः शुक्रबार, चैत्र १५, २०७५  || 58 Views   ||   |  

चितवन । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल हिन्दूराष्ट्र बन्न नसक्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवन शाखाले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आफ्नो दल पनि हिन्दूराष्ट्र हुनुपर्छ भन्ने पक्षमा नरहेको बताउनुभयो ।

पार्टीकै महामन्त्रीले सार्वजनिक कार्यक्रममा हिन्दू राज्यको पक्षमा जनमत सङ्ग्रह गर्नुपर्ने बताउनुभएको छ नि भन्ने प्रश्नमा उपसभापति निधिले आफूलाई यसबारेमा कुनै जानकारी नभएको र पार्टी हिन्दूराष्ट्र हुनुपर्छ भन्ने पक्षमा नरहेको जिकिर गर्नुभयो ।

राजतन्त्र सम्बन्धी अर्को एक प्रश्नको जवाफमा उहाँले भन्नुभयो, “नेपालमा राजतन्त्र आउँछ भन्ने कसैले दिवा सपना देख्छ भने पनि यो भ्रममा हाम्रो भन्नु केही छैन ।”