भेरी नगरपालिकाको आर्थिक सहयोगमा पवित्र कामको सुरुवात

Visionkhabar
प्रकाशित मितिः बिहिबार, चैत्र १४, २०७५  || 136 Views   ||   |  


जाजरकोट । जाजरकोट अस्पतालमा शल्याक्रिया सेवा सुरु भए संगै ब्लड बैँकको स्थापनाको कार्य सुरु भएको छ । अस्पतालमा आकस्मिक रगतको आवश्यकता पर्न सक्ने भएकोले यसको लागि ब्लड बैँक स्थापनाको कार्य सुरु भएको हो ।

भेरी नगरपालिकाको आर्थिक सहयोगमा अस्पतालमा पछि ब्लड वैंक स्थापना गर्ने उद्देश्यका साथ अहिले आकश्मिक रक्त संचार सेवाको सुरुवात गरिएको हो ।

५० शैयाको अस्पतालमा पछिल्लो समय दैनिक विरामीको चाप बढ्न थालेको र शल्यक्रिया सेवा समेत सुरु भएपछि अहिलेलाई यो सेवाको सुरुवात गरीएको छ । नेपाल रेडक्रस सोसाइटीको पहलमा र अस्पतालको समन्वयमा यो सेवा सुरु गरिएको छ ।

अस्पतालमा पवित्र कार्यको थालनी भएको भन्दै भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले जिल्लावासीलाई आफ्नै घरदैलोमा गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न लगानीको कमी हुँन नदिने बताउनुभयो । नगरपालिकाले अस्पतालको अवस्था सुधार गरी ब्लड बैँक स्थापनाको लागि आवश्यक उपकरणहरुको व्यवस्थाको लागि पहल गर्ने उनको भनाइ छ ।

स्वास्थ्य जस्तो संम्वेदनशिल क्षेत्रमा कोही कसैलाई लापर्वाही गर्ने छुट नहुने नगरप्रमख घर्तीको भनाई छ । उनले भने “अस्पतालमा सुधारको खाँचो छ, यसको निगरानीका लागि अस्पताल भित्र सिसि क्यामरा लगायत अन्य प्राविधि जडानको लागि आवश्यक बजेटको व्यवस्था नगरपालिकाले गरेको छ ।

अहिले ब्लर्ड वैंक स्थापनाका लागि पहिलो चरणमा आकस्मिक सेवाको सुरुवात गरेको रेडक्रस सोसाइटी जाजरकोटका सभापति सनत कार्कीले बताए ।
रगत नहुँदा दैनिक उपचारमा समस्या भएको डाक्टर महेश सिलवालले बताउनुभयो ।

अहिले जाजरकोट अस्पलातमा शल्यक्रिया सेवा सुरु भएपछि जिल्लाबासीका साथै रुकुम, डोल्पाका स्थानीयबासीले समेत सेवा लिएका छन् । डिजिटल एक्सरे नहुँदा अस्पतालमा विरामीको जाँचमा समस्य परेको चिकित्सकहरुले गुनासो गरेका छन् ।