पूर्वसांसद संजय साहलाई जन्मकैदको सजाय

visionkhabar
प्रकाशित मितिः बिहिबार, चैत्र १४, २०७५  || 30 Views   ||   |  

जनकपुर । पूर्वसांसद संजय साहलाई जन्मकैदको सजाय तोकिएको छ। जनकपुर बमकाण्ड मुद्दामा साहलाई जिल्ला अदालत धनुषाले बिहीबार जन्मकैदको सजाय सुनाएको हो।

२०६९ बैशाख १८ गते जनकपुरको रामानन्द चोकमा मिथिला राज्यको माग गर्दै बसिरहेको शान्तिपूर्ण धर्ना कार्यक्रमबीच शक्तिशाली बम विष्फोट गराइएको थियो। घटनामा पाँच जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए।

दोस्रो संविधानसभामा निर्वाचित भएको केही महिनामै बमकाण्डको मुख्य योजनाकार रहेको अभियोगमा पक्राउ परेका साह पाँच वर्षदेखि मुद्दा पुर्पक्षको लागि कैदीजीवन बिताइरहेका थिए। हाल नख्खु कारागारमा रहेका साहलाई बिहीबार धनुषा जिल्ला अदालतले ज्यान सम्बन्धी महलको १३ (४) बमोजिम जन्मकैदको फैसला सुनाएको हो।

सोही घटनासँग सम्बन्धित ज्यान मार्ने उद्योग मुद्दामा १२ वर्ष कैदको सजाय तोकिएको जाहेरवालाको तर्फबाट बहस गरेका अधिवक्ता हेमप्रसाद कार्कीले जानकारी दिएकाे नागरिकमा समाचार छ  ।