भेदभाब तथा छुवाछुतको अवस्था उस्तै, सरोकारवालाहरु चिन्तित

Visionkhabar
प्रकाशित मितिः बिहिबार, चैत्र ७, २०७५  || 123 Views   ||   |  

जाजरकोट । समाजमा जातीय भेदभाव तथा छुवाछुत न्युन हुन नसकेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । अहिले पनि समाजमा सानो जाती र ठुलो जाती भनेर भेदभाव हुने गरेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका हुन् ।

५४ औं अन्तराष्ट्रिय रंगभेद विरुद्धको दिवसको अवसरमा खलंगामा आयोजीत जातीय भेदभाव तथा छुवाछुत न्युनिकरणमा हाम्रो भुमिका विषयक कार्यक्रममा उनिहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

चेतनाको अभावमा छुवाछुत अन्त्य हुन नसकेकोले चेतनामुलक कार्यक्रमलाई तिव्रता दिनु पर्ने उनिहरुको जोड थियो ।

परम्परावादी कुशंस्कार परिवर्तन हुन केही समय लाग्ने प्रदेश सांसद गणेश प्रसाद सिहँले बताउनु भयो । अवको पुस्ताले कुशंस्कारलाई नमान्ने वताउदै परिवर्तनको लागि आफैबाट सुरु गर्नु पर्ने धाराणा राख्नु भयो । अहिले समाजमा दलितहरु चेतनशिल भैसकेकोले भेदभाव गर्नेलाई कानुको कठघरामा उभ्याउनु पर्ने बताउनु भयो ।

समाजका शिक्षित व्यक्तिहरुबाटै जातीय बिभेद हुने गरेको दलित अधिकारकर्मी गोपाल नेपालीले बताए । परम्परावादी सोचवाट हाम्रो समाज अझै मुक्त हुन नसक्नु दलितहरुका लागि दुर्भाग्य भएको उनले टिप्पनी गरे ।

जातीय भेदभाव तथा छुवाछुत सम्बन्धिका मुद्दाहरु मेलमिलावमै टुङ्गिने गरेकोले पनि अन्त्य हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएस.पी श्याम बहादुर खत्रीले बताए । विगत तिन बर्ष देखि जातीय भेदभाव सम्बन्धिको एउटा पनि उजुरी प्रहरीमा नपरेको उनल बताए ।

यसको मतलव विभेद अन्त्य भएको होइन डिएस.पी खत्रीले भने । गाउँघरमै मेलमिलाव हुनाले बिभेद अन्त्य हुन नसकेको उनको भनाई छ । यस्तो बिभेद गर्नेलाई कानुनको कठघरामा उभ्याउन सके धेरै कम हुने उनको तर्क छ ।

नेपाल राष्ट्रिय दलित समाज कल्यान संघ, राष्ट्रिय दलित नेटवर्क, दलित सेवा संघ जाजरकोटको आयोजनामा आज अन्तरक्रिय कार्यक्रम भएको थियो । कार्यक्रममा बिभिन्न अधिकारकर्मिहरुको समभागीता रहेको थियो ।

यो भिडियो हेर्दिनुहोला :