यी पापी बाबु : आफ्नै छोरी बलात्कारको आरोपमा प्रहरीले पक्राउ गर्यो

Visionkhabar
प्रकाशित मितिः बुधबार, चैत्र ६, २०७५  || 96 Views   ||   |  

रुकुम पश्चिम । छोरीलाई बलात्कार गरेको अभियोगमा बुवा पक्राउ परेका छन् । सानीभेरी गाउँपालिकाका ३४ वर्षीय बलबहादुर (नाम परिवर्तन) लाई आफ्नै छोरी बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

१७ वर्षीया छोरीलाई बलात्कार गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

बलबहादुर विरुद्ध गत शुक्रबार पछिल्लो पटक छोरीमाथि बलात्कार गरेको उजुरी परेको छ । शुक्रबार दिउँसो श्रीमती माइत गएको र छोरी विद्यालयबाट घर नगइ साथीकै घर बसेको अवस्थामा बलबहादुरले छोरीलाई घर लैजान भनि जर्बजस्ती घर लैजाने क्रममा बाटोमा पर्ने अर्कै व्यक्तिको गोठमा जर्बजस्ती गरेको पीडित किशोरीले बताएकी छन् । राजधानी दैनिकमा समाचार छ ।

किशोरीकी आमाले सानीभेरी गाउँपालिका पूर्तिमकाँडामा रहेको प्रहरी चौकीमा उजुरी दिएकी छिन् । उक्त उजुरीको आधारमा अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सोमबार बेलुकी ४ बजे लुकिछिपि रहेको अवस्थामा पक्राउ गरी अनुसन्धान अघि बढाइएको डिएसपी खड्काले बताए । बलबहादुरले छोरीमाथि २ वर्षबाट निरन्तर जवरजस्ती करणी गर्दै आएको प्रहरीमा दिइएको उजुरीमा उल्लेख छ ।

भिडियो हेर्नुहोस :