यी हुन् सरकारले पक्राउ गरेका विप्लवका नेता, कार्यकर्ता

Visionkhabar
प्रकाशित मितिः मङ्लबार, चैत्र ५, २०७५  || 160 Views   ||   |  

काठमाडौं । सरकारले प्रतिबन्ध लगाएको विप्लब माओबादीका नेता तथा कार्यकर्ता धमाधम पक्रन थालेको छ । चन्दा  आतंक, बम विस्फोटका घटनामा संलग्न भएको भन्दै  उनीहरुलाई  पक्राउ गर्न थालेको हो ।

बैशाखदेखि चैत ४ गतेसम्मको अवधिमा ४ सय २८ जना नेता कार्यकर्ता पक्राउ गरेका छन् ।

नेपाल प्रहरीको विशेष ब्युरोले गएको एक सातामा १७ जना गरी कुल ४ सय २८ जना नेता कार्यकर्ता पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

विप्लव समूहले आपराधिक घटना बढाएको भन्दै सरकारले त्यसलाई प्रतिबन्ध लगाएपछि नेपाल प्रहरीले विप्लवसमूहका पोलिटब्युरो सदस्य मोहन कार्कीसहित १७ जना नेता कार्यकतालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने नेता कार्यकर्ता

१.मोहन कार्की,पोलिटब्युरो सदस्य

२.राजु कार्की, किसान महासंघका अध्यक्ष

३. सूर्य भुजेल, विप्लवका पूर्वअंगरक्षक

४.जयराम दंगाल, नेता

५.केदार खतिवडा, नेता

६.अर्जुन केसी

७.अर्जुन गोतामे

८.रविन केसी

९.वीरेन्द्र नेपाली

१०. विपीन लामा

११. नविन विष्ट

१२. विमला भण्डारी

१३.गौरी धामी

१४.रुकमिणी पुडासैनी

१५.उषा भुजेल

१६.रामकुमार अधिकारी

१७.ज्ञानेन्द्र बुढाथोकी

नेपाल प्रहरीका अनुसार पक्राउ पर्नेमध्ये अधिकांशलाई काठमाडौं प्रहरी परिसर, टेकुको हिरासतमा राखिएको छ । उनीवरुद्ध प्रहरीले फौजदारी संहिता अनुरुप बम विस्फोट, हातहतियार तथा खरखजना र ज्यान मुद्दा चलाइएको छ ।