१५ करोड रुपैयाँमा बिक्यो यो परेवाः मालिकले यसो भने

Visionkhabar
प्रकाशित मितिः मङ्लबार, चैत्र ५, २०७५  || 178 Views   ||   |  

बेल्जियममा एउटा परेवा १.२५ मिलियन यूरो अर्थात् १५ करोड ५४ लाख रुपैयाँमा लिलामी भएको छ ।
अक्सन ९लिलामी० हाउस पिपाले अर्मान्डो नामको यो परेवालाई ‘लामो दुरीको सबैभन्दा उत्कृष्ट बेल्जियमको परेवा’ बताएको छ । साथै यो परेवालाई ‘परेवाहरुको लूईस हेमिल्टन’ पनि बताइँदैछ ।

यो लिलामी अघि सबैभन्दा महँगो परेवा ३।७६ लाख यूरो ९४ करोड रुपैयाँ० मा बिक्रि भएको थियो । अर्मान्डोलाई लिलामीका लागि राखेपछि नै उक्त रेकर्ड टुटेको हो ।

अर्मान्डो यो वर्ष पाँच वर्ष पुगेको छ र अब अवकाशको आनन्द लिइरहेको छ ।

यति ठूलो लिलामीमा विश्वास लागिरहेको छैनः

पिपाका मुख्य कार्यकारी अधिकारी निकोलास गाएसेलब्रेख्तलाई परेवा यति महँगोमा बिक्रि भएकोमा विश्वास नै भइरहेको छैन । उनी भन्छन्, ‘मलाई यो कुरा पत्याउन मुश्किल भइरहेको छ ।’

उनले थपे, ‘हामीले सपनामा पनि यति रकमबारे सोचेका थिएनौं । हामीले अर्मान्डोको मूल्य चारदेखि पाँच लाख वा अति नै धेरै भए ६ लाख यूरोसम्म हुनसक्ने आँकलन गरेका थियौं ।’

गाएसेलब्रेख्तका अनुसार चीनका दुई खरिदकर्ताले लिलामीमा अत्यधिक बोली लगाए । एक घण्टामा यो बोली ५।३२ लाख यूरोदेखि १।२५ मिलियन यूरोसम्म पुग्यो ।

थुप्रै हवाई रेस जितिसकेको छ अर्मान्डोः

सबै कुरा ध्यानमा राख्दै हवाई दौड गर्ने यी परेवाको मूल्य २, ५०० यूरो हुन्छ । तर अर्मान्डो कुनै साधारण परेवा होइन ।

आफ्नो करियरको अन्तिम तीन दौडलाई उसले जितेको छ । यसमा २०१८ को ऐस पिजन च्याम्पियनशीप, २०१९ को पिजन ओलम्पियाड र अंलूलेम समावेश छन् ।

अर्मान्डोका प्रशंसकको पनि कमी छैन । बेल्जियमको परवेज शहरको स्थानीय पिजन फेन्सिन्ग असोसिएशनका अध्यक्ष फ्रेन्ड वेंकलीले बेल्जियमको सरकारी प्रशारणकर्ता आरटीबीएफसँगको कुराकानीमा भने, ‘अर्मान्डो ‘परेवाहरुको लुईस हेमिल्टन’ हो र खेल इतिहारमा सबैभन्दा विशेष छ ।’

अर्नान्डो अब अवकाशको आनन्द लिइरहेको छ । अब उनका नयाँ मालिक अर्मान्डोबाट प्रजनन गराउनेछन् र उनको वंशलाई अघि बढाउनेछन् ।

बिबिसी बाट