कागज किर्ते गरेको आरोपमा मालपोतका कर्मचारी पक्राउ, प्रमुख फरार

Visionkhabar
प्रकाशित मितिः सोमवार, चैत्र ४, २०७५  || 101 Views   ||   |  

बर्दिया । सरकारी कागज किर्ते गरेको अभियोगमा बर्दियामा मालपोतका कर्मचारी पक्राउ परेका छन्  ।  भूमिसुधार तथा मालपोत कार्यालय गुलरीयाबाट सरकारी कागजात किर्ते गरेको आरोपमा कर्मचारी पक्राउ गरेका हुन् ।

मालपोत कार्यालयमा कार्यरत नायब सुब्बा कृष्णलाल शर्मा, खरिदार भुमिराज पोखरेललाई बर्दिया प्रहरीले पक्राउ गरेको छ ।

कार्यालय प्रमुख कृष्ण ज्ञवाली भने फरार रहेका छन् । के कति कारणले र कुन कागजात किर्ते गरिएको हो अनुसन्धानपछि खुल्ने प्रहरीले बताएको छ ।

भिडियो हेर्नुहोस् :