जाजरकोटमा पहिलोपटक भेरी नगरपालिकाले गर्यो मेलमिलापकर्ता उत्पादन

Visionkhabar
प्रकाशित मितिः आइतवार, फाल्गुन २६, २०७५  || 235 Views   ||   |  


जाजरकोट । वडास्तरमा हुने विवाद तथा झै–झगडाहरु मेलमिलापको लागि सहजीकरण गर्न मेलमिलापकर्ता उत्पादन तालिम खलंगामा सुरु भएको छ । भेरी नगरपालिकाको आयोजना र सामुदायिक सामुदायीक क्षमता विकास केन्द्रको समन्वयमा शनिवार देखि मेलमिलाप तालिम सुरु भएको हो ।

वस्तिहरुमा हुने जुनसुकै विवाद तथा झगडाहरुमा दुवै पक्षको जित हुने गरि मेलमिलाप गराउन सक्ने सहजकर्ता उत्पादन गर्न तालिमको आयोजना गरिएको प्रमुख प्रशासकिय अधिकृत डिल्लिराज बेल्बासेले बताए । 

जिल्लामै पहिलो पटक भेरी नगरपालिकाले गरेको मेलमिलाप तालिममा १३ वटा वडाका २६ जना सहजकर्ताको सहभागिता रहेको छ । वडाको सिफारिसमा स्नातक तह उतिर्न गरेका व्यक्तिहरुलाई मेलमिलाव सम्बन्धि विभिन्न तरिकाहरु सिकाइने छ । 

समाजमा हुने झगडाका कारण र तिनलाई समाधान गर्ने उपायाहरु, दुवैपक्षलाको जित हुने मेलमिलापका तरिकाहरुको वारेमा सहजीकरण गरिने सहजकर्ता सुजन ढकालले जानकारी दिए । समाजमा शान्ति र अमनचयनका लागि प्रभावकारी भुमिका खेल्न सक्ने सहजकर्ता उत्पादन गर्ने नगरपालिकाकी न्यायीक समितिकी संयोजक तथा उपप्रमुख भावना भण्डारीले विश्वास गरिन् । 

तालिमबाट उत्पादित सहजकर्ताहरुले वस्तिस्तरका बिभिन्न मुद्धाहरुको मेलमिलाप गराई न्यायीक समिति कामकार्वाहीहरु प्रभावकारी बनाउन महत्वपुर्ण भुमिका खेल्ने उपप्रमुख भण्डारीले बताईन । ८ दिन सम्मा संचालन हुने तालिममा जिल्ला न्यायधिस देव कुमार गिरी, विनिता गुरुङ, सुजन ढकाल लगायतले सहजीकरण गर्ने आयोजकले जनाएको छ ।