ढिमेमा पाठेघर स्वास्थ्य परिक्षण शिविर सम्पन्न, ७० जना महिलाले उपचार गराए

Visionkhabar
प्रकाशित मितिः शनिबार, फाल्गुन २५, २०७५  || 238 Views   ||   |  


जाजरकोट । जिल्लाको ढिमे स्वास्थ्य चौकीमा पाठेघर स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । शुक्रवार अन्तराष्ट्रिय महिला दिवसको अवसरमा एक दिने पाठेघर सम्बन्धि शिविर सम्पन्न भएको हो ।

शिविरमा ७० जना महिलाहरुले पाठेघरको स्वास्थ्य परिक्षण गराएका छन् । पाठेघर सम्बन्धि समस्या भएका महिलाहरुले शिविरमा स्वास्थ्य परिक्षण गरेका हुन् ।

कुशे गाउँपालिकाको आयोजना र पाँचतारा युवा संरक्षक मञ्च, सेभ द चिल्ड्रेनको सहयोगमा शिविरको सञ्चालन गरिएको थियो । शविरमा पाठेघरको परिक्षण पश्चात केही जटिल प्रकृतिको केशलाई नेपालगञ्ज उपचार गराउन सल्लाह दिएको सेभ द चिल्ड्रेन अन्तरगत पाँचतारा युवा संरक्षक मञ्चकी कार्यक्रम अधिकृत सम्झना शाहले जानकारी दिइन् । त्यस्तै केही महिलालाई जाजरकोट अस्पतालमा उपचार गराउन रिफर गरेको उनले बताइन् ।

महिलाहरुको स्वास्थ्यमा संबेदनशिल हुदै शिविरको आयोजना गरेको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।

शिविरमा डा. अमन रञ्जित, नर्स जया खड्का, सावित्रि काफ्ले, कृष्णा रोकाय लगायतले महिलाहरुको पाठेघरको स्वास्थ्य परिक्षण गरेका हुन् । जाजरकोटमा पाठेघरको समस्या बाट धेरै महिलाहरु पिडिट रहेको पाइएको छ । उनिहरु लाजले आफ्नो समस्या लुकाएर बस्न बाध्य भएका छन् । पछिल्लो समय भने महिलाहरु आफ्नो समस्या खुलस्त राख्न सुरु गरेका  कार्यक्रम अधिकृत सम्झना शाहले  बताइन ।