सेनाको व्यारेकभित्रै कसले गर्यो जाजरकोटका वीवरहादुरको हत्या ?
आत्महत्या नभई हत्या गरिएको परिवारको आरोप

Visionkhabar
प्रकाशित मितिः शुक्रबार, फाल्गुन २४, २०७५  || 1704 Views   ||   |  

जाजरकोट । नेपाली सेनाको व्यारेक भित्रै मृत भेटिएका सैनिक जवानको हत्या भएको परिवारले आरोप लगाएका छन् । कञ्चनपुरको २५ नम्बर बाहीनिमा कार्यरत जाजरकोटका वीरवहादुर खड्को हत्या भएको उनका परिवारले आरोप लगाएका हुन् । सेना दिवसकै दिन छेडागाड नगरपालिका वडा नम्बर १० खल्टाकुराका खड्का व्यारेक भित्रै गोली लागेको अवस्थामा मृत भेटिएका थिए ।

शुक्रवार कैलालीको धनगढीमा पत्रकार सम्मेलन गरि मृतक खड्काका परिवारले उनले आत्महत्या नभाई सेनावाटै हत्या गरिएको जनाएका हुन् । पत्रकार सम्मेलनमा मृतक खड्काकी श्रीमती हीमाली ज्योतीले घटनाको प्रकृति हेर्दा विनापोसाक र चप्पलमा उनलाई हतियार कसरी दियो ? यो आत्म हत्या होइन, हत्या गरिएको बताइन् । पोस्टमार्टमबिना आत्महत्या हो भनेर सेनाले भन्नुलाई पनि हत्याको आशंका बढेको छ उनले भनिन् ।

श्रीमानले आत्महत्या गर्नुको कुनै कारण नै नभएको भन्दै घटनाको अघिल्लो दिन फोनमा कुरा हँुदा केही दिनमा गणनै पोखरा सर्न लागेकाले पसल बेचेर उतै जान तयारी हुनु भनेको सुनाइन् ।

सेनाले आत्म हत्या भनेपनि परिवारले भने हत्या गरिएका भन्दै उनको सव समेत वुझेका छैनन् । घटनाको प्रकृति र सेनाको व्यवहार देख्दा सेनावाटै हत्या भएको परिवारले आरोप छ ।

घटना बारे सोध्न खोज्दा उक्त गणका गणपति राजु बस्नेतले शव प्रहरीको जिम्मा लगाइसकिएकाले उतै बुझ्न भनेर परिवारलाई गैरजिम्मेवारपूर्ण व्यवहार गरेको मृतकका बाबु धनबहादुर खड्काले बताएका छन् ।

आत्महत्या भए पनि परिवार नआउँदै शव उठाउन लगाएको र आत्महत्या भएकाले कुनै सेवा सुविधा नपाउने भनेर कर्नेलले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको उनले बताए ।

सेती अञ्चल अस्पतालमा पोस्टमार्टम भए पनि आफूहरुले शव नबुझेको मृतकका काका कम्लेश खड्काले बताए ।
मृतक खड्काका परिवालरे घट्नाको सत्यतथ्य छानबिनको माग गरेका छन् । सत्यतथ्य छानविन नहुदा सम्मा आफुहरुले सव नवुझ्ने आफन्ताले जनाएका छन् ।

भिडियो हेर्नुहोस :