कस्तो अच्चम्म : ११ वर्षीया बालिका बनिन् आमा

Visionkhabar
प्रकाशित मितिः शुक्रबार, फाल्गुन २४, २०७५  || 271 Views   ||   |  

काठमाडौं । बर्दियाको गेरुवा गाउँपालिका–४ की भावना बस्नेत १२ वर्ष नपुग्दै सुत्केरी भएकी छन्। ०६३ चैत्र १३ गते जन्मिएकी बस्नेतले ०७५ फागुन ७ गते माइतीकै छाप्रोमा छोरी पूर्णिमालाई जन्माएकी हुन्। स्वास्थ्य संस्थामा समेत नपुगी उनी ११ वर्ष १० महिना २४ दिनको उमेरमा सुत्केरी भई आमा बनेकी हुन्।

घरमै सुत्केरी भएकी भावना र बच्चाको अवस्था सामान्य रहे पनि उमेरका कारण दुवैको स्वास्थ्य जोखिमपूर्ण छ। यतिखेर उनी शरीर सुन्निने र ज्वरो आउने समस्याबाट पीडित छिन्। गाउँकै सरस्वती आधारभूत विद्यालय कक्षा ७ मा पढ्दै गरेका १४ वर्षीय नन्दबहादुर रावतसँग शारीरिक सम्बन्धले भावनालाई यतिखेर कष्टपूर्ण अवस्थामा पुर्‍याएको हो । एउटै विद्यालयमा पढ्दै गरेका भावना र नन्दबहादुरको पछिल्लो अवस्थाले अरुको पनि मन पिरोल्ने गरेको छ ।

शारीरिक, मानसिक तथा आर्थिक रुपमा परिपक्व भएपछि मात्र विवाह गर्दा राम्रो हुन्छ। तर उनीहरुको अवोध सम्बन्धले विवाहपूर्व कलिलो उमेरमै सुत्केरी भएपछि समाजको अवस्थालाई समेत उजागर गरिदिएको छ। एकातिर सुत्केरी अवस्थाको पीडा त छदैछ अर्कोतिर उनलाई आर्थिक अभावका कारण साँझ बिहानको छाक टार्न समेत धौधौ छ।

सुत्केरी अवस्थामा पोषिलो खानेकुरा खानुपर्छ तर आर्थिक अभावका कारण पौष्टिक आहार त परको कुरा भयो पेटभरि समेत खान पाएकी छैनन्। समाचार अन्नपूर्ण पोस्ट् दैनिकले प्रकाशति गरेको छ । जनता समाचार बाट साभार गरिएको हो ।