भर्खरै कांग्रेस पार्टी कार्यालय अगाडि बम फेला

Visionkhabar
प्रकाशित मितिः बिहिबार, फाल्गुन २३, २०७५  || 156 Views   ||   |  

रोल्पा । रोल्पा सदरमुकाम लिबाङ बजारमा दुई वटा बम फेला परेको छ। नेपाली कांग्रेस पार्टी कार्यालय नजिक फालिएको बमबारे अज्ञात व्यक्तिले टेलिफोनमार्फत स्थानीयलाई सूचना दिएका थिए।

ती व्यक्तिले फोनमा स्थानीयसँग नगरपालिका टार्गेट भएको बताएका थिए। उक्त बम जिल्लास्थित नेपाली सेनाको खड्ग दल गणका टिमले डिस्पोज गरेको थियो।

बम राखेको बारेमा कसैले जिम्मा नलिए पनि विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले बन्दको पूर्वसन्ध्यामा पड्काउन खोजेको प्रहरीले अनुमान गरेको छ। त्यस्तै बिहीबार दिउँसो त्रिवेणी गाउँपालिका नजिकै पनि बम फेला परेको थियो। झोलामा दुईवटा सुतली बम देखिएको गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले बताए।

‘केटा केटीले झोला खेलाउँदा बम देखेपछि बजारमा खबर गरेछन् अनि मात्र थाहा भयो।’ अध्यक्षले जानकारी दिँदै भने। ‘गाउँपालिका कार्यालयको पश्चिम–उत्तरतर्फ करिब ७० मिटरको दूरीमा प्लास्टिकको झोलामा बम भेटिएको हो।’ रोल्पा प्रहरी प्रमुख डीएसपी दीपक खड्काका अनुसार गत मंगलबार गाउँपालिकाको गाडी तोडफोड गर्ने समूहले भाग्ने बेलामा बम खसालेको हुन सक्ने बताए।

सामान्य खालको सुतली बम भएका कारण प्रहरीले लगेको छ। रोल्पामा केही दिनयता अज्ञात समूहले स्थानीय सरकारलक्षित आक्रमण गर्दै आइरहेको छ। नागरिक न्युजबाट