प्रदेश स्तरीय महिला भलिबल छनाेट प्रतियोगितामा सुर्खेत प्रथम

visionkhabar
प्रकाशित मितिः मङ्लबार, फाल्गुन २१, २०७५  || 73 Views   ||   |  

जाजरकाेट । आठौं राष्ट्रिय खेलकुदका लागि खेलाडी छनौट गर्न जाजरकोटमा सम्पन्न कर्णाली प्रदेश स्तरीय महिला भलिबल प्रतियोगितामा सुर्खेत प्रथम भएको छ । मंगलवार भएको फाइनल खेलमा सुर्खेतले कालीकोटलाई ३–१ को सेटमा पराजित गर्दै उपाधी पक्का गरेको हो ।

खलंगास्थित त्रिभुवन माविकाे खेल मैदानमा भएको फाइनलमा सुुर्खेतले २५–१९, २५–१७, २२–२५ र २५–१८ को सेटमा कालिकोटलाई पराजित गदै प्रथम स्थान हाँसिल गरेको हो । उपाधीको दावेदार कालिकोटले उपविजेतामा चित्त बुझाउनु परेको छ ।

त्यसैगरी तेस्राे स्थानका लागी भएकाे खेलमा  दैलेखलाई २५–२३, २३–२५, २५–१६ र २५–२३  को सेटमा हराउदै पश्चिम रुकुमले तृतिय स्थान हाँसिल गरेको छ ।

भेरी नगरपालिका जाजरकोटका उपप्रमुख भावना भण्डारीले प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने खेलाडीलाई मेडल र प्रमाण पत्र प्रदान गरेकी थिईन ।

कर्णाली प्रदेश खेलकूद परिषद्को आयोजना र जिल्ला खेलकूद विकास समिति जाजरकाेटको सहआयोजनामा भएकाे प्रतियाेगितामा कर्णाली प्रदेशका १० जिल्लाकाे सहभागिता रहेकाे थियाे ।

आठौं राष्ट्रिय खेलकुदमा सहभागि हुनका लागि उत्कृष्ट महिला खेलाडीहरु छनोट गर्न खेल आयोजना गरिएको भएपनि समापन कार्यक्रममा खेलाडी छनौट नै नगरि समापन भएको छ । प्राविधिक कारण छनौटमा परेका खेलाडी पछि घोषणा गर्ने कर्णाली प्रदेश खेलकुद परिषदका सह संयोजक प्रदिप खत्रीले बताए ।