विद्यालय अनुगमनमा छेडागाडका नगरप्रमुख, विद्यालय जस्तो पवित्र ढाउँमा लापर्वाही गर्ने शिक्षकलाई कार्वाही गर्ने चेतावनी

Visionkhabar
प्रकाशित मितिः शुक्रबार, फाल्गुन १०, २०७५  || 388 Views   ||   |  

सरोज जंग शाही
जाजरकोट । छेडागाड नगरपालिकाका प्रमुख लाल बहादुर महतारा विद्यालय अनुगमनमा जुट्नु भएको छ । बार्षिक परिक्षा नजिकिदै गर्दा नगरप्रमुख महतारा विद्यालय अनुगमनमा जुट्नु भएको हो । शुक्रावर छेडागाड नगरपालिका वडा नम्बर ११ का दुई वटा विद्यालयमा अनुगमन गर्नु भएको छ ।

वडा नम्बर ११ का बालकल्यान आधारभुत विद्यालय र जनता आधारभुत विद्यालयमा अनुगमन गर्नु भएको हो । गत वुधवार पनि भाग्योदय मा.वी दशेरामा अनुगमन गर्नु भएको थियो ।

ति विद्यालयमा शिक्षकहरुको लापर्वाही गरेको भेटिएको छ । विद्यालयमा शिक्षकहरु अनुपस्थित भएका, आफुखुसी विदामा बसेका, पढाइमा लापर्वाही गरेको भेटिएको हो । अनुगमन पछि विद्यालयका प्रधानाध्यापक तथा शिक्षकलाई नगरप्रमुख महताराले विद्यालय जस्तो पवित्र ढाउँमा लापर्वाही गर्ने शिक्षकलाई कार्वाही गर्ने चेतावनी दिनु भएको छ । नगर शिक्षा समितिका संयोजक समेत रहनुभएका उहाँले जो सुकै शिक्षक भएपनि विद्यालमा लापर्वाही गर्नेलाई कार्वाही गर्ने बताउनु भएको हो ।

शैक्षिक गुणस्तर शिक्षककै कारण खस्किने गरेको बताउदै सवै शिक्षकलाई आफ्नो जिम्मेवारी कुशलतापुर्वक निर्वाह गर्ने निर्देशन दिनु भएको छ । आफु शिक्षा क्षेत्रमा गुणस्तरिय परिवर्तन चाहेको वताउँदै नगरप्रमुख महताराले यसमा सवैले सहयोग गर्नुपर्ने बताउनु भयो ।

छेडागाड नगरपालिकाले शिक्षमा सुधार गर्न बिभिन्न क्षेत्रमा लगानी बढाएको छ । विशेषगरी बालबालिकालाई विद्यालयमा पहँुच पुर्याउन नगरप्रमुख सहित सवै जनप्रतिनिधिको तिन महिनाको तलव काटी बाल अक्षय कोषको समेत व्यावस्था गरेको छ । उक्त रकम वालबालिकाको शिक्षादिक्षामा लागानी गरीने नगरप्रमुख महताराको भनाई छ ।

भिडियो हेर्नुहोस :