अस्ट्रेलियामा १२ सय नेपाली विद्यार्थीको बिचल्ली

Visionkhabar
प्रकाशित मितिः शुक्रबार, फाल्गुन १०, २०७५  || 88 Views   ||   |  
काठमाडौं । नेपाली दुतावासका अनुसार विभिन्न तह र विषय अध्ययन गर्न ३५ हजार नेपाली अस्ट्रेलिया पुगेका छन् । सिड्नी र ब्रिस्बनमा सञ्चालित अस्ट्रेलियन इन्स्टिचुट अफ बिजनेस एन्ड टेक्नोलोजी ९एआइबिटीमा करिब ३८ हजार विद्यार्थी अध्ययनर छन् । सो कलेजमा पढ्न नेपालबाट मात्रै एक वर्षयता साढे चार हजार विद्यार्थीले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन सर्टिफिकेट लिएका छन् ।
एआइबिटीमा बिजनेस, हस्पिटालिटी, टेक साइन्स,आइटी, एभिएसन, हेल्थ साइन्स, डेन्टल साइन्स र कम्युनिटी सर्भिस बिषयमा कार्यक्रम सञ्चालित छन् । सो कलेजमा करिब १२ सय नेपाली विद्यार्थी नर्सिङ पढिरहेका छन् । तर, कलेजले नर्सिङ कार्यक्रम सञ्चालन गर्न अस्ट्रेलियन नर्सिङ काउन्सिलबाट अनुमति लिएको थिएन ।

कलेजले नै मान्यता नपाएको हुनाले डेढ–दुई वर्ष पढिसकेको विद्यार्थीको पढाइले मान्यता नपाउने स्थिति छ । यति धेरै विद्यार्थी एकैपटक यति ठूलो संकटमा परेपछि अस्टे«लियास्थित नेपाली दुतावासले पहल सुरु गरेको छ । कार्यबाहक राजदूत दूरपदा सापकोटाले नेपाली विद्यार्थीबारे दूतावासले सम्बन्धित सरकारी नियाकयसँग निरन्तर सम्पर्क गरिरहेको बताइन् । यो समाचार नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ ।

भिडियो हेर्नुहोस् :