नेविसंघका कार्यकर्ताद्वारा उपसभापति विमलेन्द्र निधिमाथि कुटपिट, सभापति देउवालाई समेत कुट्ने प्रयास

Visionkhabar
प्रकाशित मितिः बिहिबार, फाल्गुन ९, २०७५  || 3335 Views   ||   |  

काठमाडौंं । नेपाली कांग्रेसको विद्यार्थीसंगठन नेविसंघका कार्यकर्ताले पार्टि उपसभापति विमलेन्द्र निधिमाथि हातपात गरेका छन् । नेता निधिमाथि नेविसंघका कृष्ण प्रसाद सिटौला समूहका केही कार्यकर्ताहरुले हातपात गरेका हुन् ।

कांग्रेसको केन्द्रीय समिति बैठकमा सहभागी हुन केन्द्रीय कार्यालय सानेपा पुगेका निधिलाई विद्यार्थी कार्यकर्ताले पार्टि कार्यालय नजिकै हातपात गरेका हुन् । कांग्रेस पूर्वमहामन्त्री कृष्ण सिटौला समूहका विद्यार्थीले निधिमाथि त्यस्तो ‘हर्कत’ गरेका छन् । विद्यार्थीले सहमहामन्त्री डा‍। प्रकाशशरण महतले आफूहरुलाई विद्यार्थीले पार्टि कार्यालय भित्र जाँद्यै गर्दा कुटपिट गरेको बताएका छन् ।

सानेपाबाहिर जम्मा भएका विद्यार्थीले नेताहरुलाई बैठक प्रवेशमा अवरोध गरेर नेताहरुलाई कुटपिट गरेकबा थिए । तर, पनि नेताहरु मुस्किलले भित्र छिरेका थिए । नेताहरुले पार्टि कार्यालय प्रवेशका लागि प्रहरीको मद्दत समेत लिनु परेको थियो । निधिका सुरक्षा गार्डले विद्यार्थीलाई हटाएर नेताहरूलाई भित्र पठाएका छन् ।

पूर्वमहामन्त्री सिटौला, केन्द्रीय सदस्य गगन थापा र प्रदीप पौडलको उक्साहटमा सानेपा पुगेका विद्यार्थीले नारावाजी र अवरोध गरेको कांग्रेसका एक नेताले जनाएका छन् । बैठकमा सहभागी हुन सानेपा पुगेका सभापति शेरबहादुर देउवालाई समेत विद्यार्थीले कुटपिट गर्ने प्रयास गरेका थिए ।

नेविसंघका कारण कांग्रेसमा आन्तरिक किचलो बढिरहेको छ । नेविसंघको वर्तमान केन्द्रीय कार्यसमितिको थपिएको पदावधि यही माघ २ गते समाप्त भइसकेको छ । संघको वर्तमान कार्यसमिति २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित भएको थियो । अध्यक्ष नैनसिंह महरले राजीनामा दिइसकेका छन् । पार्टीले नेविसंघको तदर्थ समिति बनाउने तयारी गरेको छ ।

यसअघिका बैठकमा अधिकांश नेताहरुले सङ्घको आगामी महाधिवेशन गर्न नयाँ तदर्थ समिति बनाउनुपर्ने धारणा राखेको र सोहीअनुसार तयारी भइरहेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

संघको विधानमा हाल उम्मेदवार बन्न ३२ वर्षे उमेर हदको व्यवस्था छ । यो प्रावधान आगामी महाधिवेशनबाट लागु हुने र नयाँ बन्ने तदर्थ समितिलाई लागु नहुने केही नेताहरुको तर्क छ । विधार्थीहरुले उनीहरुलाई मुर्दाबादको नारा समेत लगाएको छन् ।

यो समाचार http://madhyantar.com बाट साभार गरिएको हो