फागुन १ गते रोजगारी दिवस

visionkhabar
प्रकाशित मितिः बिहिबार, फाल्गुन ९, २०७५  || 70 Views   ||   |  

काठमाडौं । सरकारले हरेक फागुन १ गते रोजगारी दिवस मनाउने घोषणा गरेको छ । गत शुक्रबारको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा भएको दिनको सम्झनाका रुपमा फागुन १ गते रोजगारी दिवस मनाउने निर्णय गरेको हो ।

सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले फागुन १ मा रोजगारी दिवस मनाउने निर्णय भएको जानकारी दिए । स्थानीयस्तरमा प्रयाप्तमात्रामा रोजगारी सिर्जना गर्ने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत फागुन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेको थियो ।

यस कार्यक्तम अन्र्तगत स्थानीय, प्रदेश र केन्द्र सरकारको समन्वयमा गाउँमै रोजगारी सिर्जना गर्ने सरकारको योजना छ । आउँदो पाँच वर्षभित्र बाध्यात्मकरुपमा विदेश जानु नपर्ने गरीे सरकारले स्वदेशमै रोजगारी सिर्जना तयारी गरेको छ । यस कार्यक्रम अन्र्तगत दैनिक पाँच सय १७ रुपैयाँ पाउनेगरी सय दिनको रोजगारी पाइन्छ ।

अन्नपुर्णबाट