जाजरकोट अस्पतालमा शल्यक्रिया सेवा सुरु (फोटोसहित)

Visionkhabar
प्रकाशित मितिः सोमवार, फाल्गुन ६, २०७५  || 500 Views   ||   |  


बिनोद कुमार घर्ती
जाजरकोट । जाजरकोट अस्पतालमा आकस्मिक प्रसूती शल्याक्रिया सेवा सुचारु भएको छ । एक बर्ष देखि बन्द भएको प्रसुती सेवा शुक्रवार देखी सूचारु भएको हो । विशेषज्ञ चिकित्सको अभावमा बन्द भएको सेवा चिकित्सक आएपछि हाल पुनः सुचारु गरीएको छ । अस्पतालमा ःम्न्ए डा. महेश सिलवाल आए पछी सेवा पुनः सुचारु भएको कार्यालय प्रमुख डा.राजेन्द्र लामाले जानकारी दिए ।

गत बर्ष कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला देखि काजमा आएका डाक्टर काज सकेर फर्के पछि प्रसूती सेवा बन्द भएको थियो । नगर प्रमुख चन्द्र प्रकाश घर्ती र अस्पताल बिकास समितिका अध्यक्ष धर्मशिला बस्नेतको आवश्यक पहल पछि आकस्मिक प्रसूती शल्यक्रिया सेवा सुचारु भएको डा.लामाले जानकारी दिए ।
अस्पतालमा शुक्रवार देखि आइतवार सम्म ४ जनाको सफल प्रसूती सेवा र १ जना भेरी नगरपालीका ४ कि प्रमिला चन्दको शल्यक्रीया गरेर बाच्चा नीकालिएको डा.भुपेन्द्र मल्लले जानकारी दिए । चन्दको शल्याक्रियामा डा. महेश सिलवालको नेतृत्वमा, डा. भुपेन्द्र मल्ल, डा. केशरजंग कार्की, डा.अमन रन्जित, नर्स बिद्या खत्री लगायतले सफल शल्याक्रिया गरिएको छ ।

जाजरकोट अस्पतालमा दैनिक २ जना सम्म आकस्मिक प्रसूती शल्यक्रिया गर्न सकिने क्षमता भएको डा. मल्लले जानकारी दिए ।
सञ्चालनमा आएको आकस्मिक प्रसूती सेवा निःशुल्क प्रदान हुने अस्पतालले जनाएको छ । सरकारले प्रशुति सेवा निसुल्क गरेको छ । आईतवार साझ बारेकोट गाउँपालीकाकी तिर्था शाहीको एपेन्डसाइटको अप्रेसन समेत गरेको डा. मल्लले जानकारी दिए ।
अति जटिल बाहेक सवै प्रकारका शल्याक्रिया सेवा अस्पतालबाटै दिन सकिने भएको उनले बताए । अव विरामीलाई सामन्य खालका शल्याक्रियाको लागि पनि चौरजहारी, नेपालगञ्ज जनु नपर्ने उनको भनाई छ ।

भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश घर्तीले नगरपालीकाबाट हुने सम्पुर्ण पहल गर्न तयार भएको बताएका छन् । जिल्लामै गुणस्तरिय सेवा दिन सक्ने भरपर्दो अस्पतालक बनाउन आफ्नो भरपुर प्रयास रहने उनले बताए ।

#बिनोद कुमार घर्ती