नेपाली युवाको लागी स्वास्थ रुपान्तरण परियोजनाको साझेदारी बैठक सम्पन्न

Visionkhabar
प्रकाशित मितिः शुक्रबार, फाल्गुन ३, २०७५  || 152 Views   ||   |  


जाजरकोट । युवती महिलाहरुको मातृ तथा प्रजनन् स्वास्थ्यमा सूधार ल्याउन जाजरकोटमा संचालीत नेपाली युवाको लागी स्वास्थ रुपान्तरण परियोजनाको परियोजना साझेदारी बैठक सम्पन्न भएको छ ।

पाँचतारा युवा संरक्षक मञ्चको आयोजना र भेरी नगरपालिकाको समन्वयमा शुक्रवार परियोजना साझेदारी बैठक सम्पन्न भएको हो । पाँचताराका उपाध्यक्ष आशा कार्कीको अध्यक्षता तथा भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश घर्तीको प्रमुख आतिथ्यतामा साझेदारी बैठक सम्पन्न भएको छ ।

बैठकमा नगरप्रमुख घर्तीले यो परियोजनाले निकै राम्रो परिणाम ल्याउनेमा विश्वास व्यक्त गदै आफ्नो सहयोग र समन्वय रहने प्रतिवद्धता व्यक्त गरे । परिणाम मुखि काम गर्न आग्रह समेत गरे ।

बैठकमा नगरपालिकाका सम्पुर्ण शाखा प्रमुख, पाँचतारका व्यवस्थापक छवि पन्त, मातृ नवजात तथा बाल स्वास्थ्य परियोजनाकी कार्यक्रम संयोजक सम्झना शाह, जाजरकोट अस्पतालका स्वास्थ्यकर्मिहरुको उपस्थिति रहेको थियो ।

भेरी नगरपालिका र छेडागाड नगरपालिकामा सन् २०१८ देखि संचालित परियोजनाले मुख्य गरी १५ देखि २४ बर्ष उमेर समुहका किशोरकिशोरी र युवायुवतिहरुको स्वास्थ्यमा रुपान्त्रण गर्ने लक्ष्य लिएको जिल्ला संयोजक रियङ्का श्रेष्ठले जानकारी दिइन् ।

युवती महिलाहरुमा पहिलो गर्भको समयलाई ढिलो गराउने र जन्मान्तर बढाउने, आफ्नो स्वास्थ्यको आफै हेरचाह र तिनिहरुका नवजातशिशु र बच्चाको जन्मपश्चात हेरचाहबारे ज्ञान र क्षमतामा सुधार ल्याउने परियोजनाले उद्देश्य राखेको सेभ द चिल्ड्रेन अन्तरगत परियोजना जिल्ला संयोजक चन्द्रसिंह सेजुवालले बताए ।

त्यस्तै युवती महिलाहरुको श्रीमानहरुमा लैङ्गिक समता सम्बधी धारणामा बृिद्घ गरी, प्रजनन, मातृस्वास्थ्य र नवजातशिशुको स्वास्थ्यको हेरचाह गर्ने व्यवहारमा सहयोग गर्ने अपेक्षा गरिएको छ ।

दातृ निकाय सेभ द चिल्ड्रेनको सहयोगमा सन् २०२१ सम्म परियोजना संचालित हुने छ ।

परियोजनाले नगरपालिकामा २०१९ मा गरिने मुख्य क्रियाकलापहरु

१.परियोजनाको पूर्व मुल्याङ्कन तथा स्वास्थ्य संस्थाको सर्वेक्षण ।

२.किशोरी युवती समुह संचालन गर्ने । प्रत्येक १५ दिनमा स्थानीय सहजकर्ताहरुले युवायुवतीहरुसंग बैठक गर्ने ।

३.नवविवाहीत दम्पत्तिसगँ घरभेट गर्ने ।

४.स्थानीय सहजकर्तासंग नियमित मासिक बैठक गर्ने ।

५.स्वास्थ्य संस्थामा गई युवती समुह बिच अन्तरक्रिया र सिकाई गर्ने ।

६.पुरुष संलग्नताको लागी विभिन्न सामाजीक क्रार्यक्रम जस्तै (खेलकुद, हाजीरी जवाफ प्रतियोगता, अन्तरक्रिया इत्यादी) आयोजना गर्न सहयोग गर्ने

७.सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम गर्ने ।

८.प्रमुख सन्देश र सुचनाबारे रेडियो र स्थानीय क्रियाकलापमार्फत जानकारी दिने

९.विभिन्न स्वास्थ्य सम्बन्धि दिवसहरुमा सहयोग गर्ने ।

१०.विद्यालयहरुसंग समन्वय कार्यक्रम गर्ने ।

भिडियो हेर्नुहोस :

यो पनि हेर्नुहोस