“सात पटक नाप्ने एकपटक काट्ने लेनिन, एकपटक नाप्ने सात पटक काट्ने लेनिनवादी”

Visionkhabar
प्रकाशित मितिः शुक्रबार, माघ १८, २०७५  || 341 Views   ||   |  

श्रमजीवी बर्गका महान नेता लेनिन “जे काम गर्दा पनि शाेच बिचार गरेर मात्र गर्नु अन्यथा काम बिग्रियाे भने पछुताउनु बाहेक केही हुदैन” भन्नू हुन्थ्याे।क्रान्तिका लागि रणनीति र कार्यनीति तर्जुमा गर्दा खास गरि पार्टिले अख्तियार गर्ने कार्यनीति गम्भीर अध्ययन,अनुसन्धान र कार्यबाहि पछि त्यसबाट निस्किने परिणाम समेत काे लेखा जाेखा गरि एक्सनमा जाने नीति लेनिनको थियाे। त्यसैलाई लेनिन ले एउटै वाक्य मा “सात पटक नाप एकपटक काट “भनेर संश्लेषण गर्नु भाे। लेनिनकाे याे दुरदर्शि दृष्टिकोणले ले “बिग्रियाे “भनेर आत्मा  आलाेचना गर्नु पर्ने र पछुताउनु परेकाे कहि देखिन्न।

तर लेनिन काे यहि काेटेशन भट्याउदै कार्यकर्ता प्रशिक्षण गर्दै आएका लेनिनवादीहरु भने याे भनाई जीवन ब्यबहारमा लागू गरेकाे देखिदैन। यसकाे उल्टाे नेपालका राजनितिक पार्टि सबै विशेष गरेर कम्युनिस्ट पार्टिहरु एक पटक नाप्ने र सात पटक काट्ने कार्यनिति अवलम्बन गर्ने गर्दछन्। जुन सुकै परिस्थिति र घटना क्रमकाे गम्भीर अनुसन्धान, अध्ययन र एक्सन पछिकाे परिणाम र संभाव्य प्रतिक्रिया काे आंकलन नगरि प्वाक्क जब बाेलिन्छ तब संझिदै डराउदै र पछि हट्दै गर्नु पर्ने हुन्छ। बिग्रिए पछि सच्याउन खाेज्दा गल्ति काे चाङ् लाग्दै जान्छ अन्तमा आफ्नो उचाई घट्ने र कार्यकर्ताकाे मनाेबल गिर्छ।

बिगत केही बर्ष यता नेपालका राजनितिक पार्टि र नेतृत्वमा याे राेग अलि बढेकाे देखिन्छ। नेताहरुले खुला मंचमा अर्थात सार्वजनिक कार्यक्रममा कुन कुरा बाेल्ने ? कति बाेल्ने? भन्ने हेक्का कम राखेकाे पाईन्छ। खुला कार्यक्रममा अक्सर जनसमुदाय लाई आफ्नो नीति र कार्यक्रम बारे प्रशिक्षण गरिन्छ भने आन्तरिक कार्यक्रममा पार्टि कार्यकर्तालाई बिचार, राजनिती, रणनीति र कार्यनीति बारे पढाईन्छ । त्यसै लाई आन्तरिक र बाह्य भनिएको हाे। आन्तरिक  कार्यक्रममा कुटनैतिक भाषा प्रयाेग हुनु हुदैन भने सार्वजनिक कार्यक्रममा शैद्धा्तिक र राजनितिक विषय कम र कुटनैतिक बढि हुनु पर्छ। तर केही बर्ष यता याे पनि फेरिएकाे छ जस्ताे आफ्ना कार्यकर्ताबिच कुटनैतिक भाषा र सार्बजानिक कार्यक्रममा बैचारिक-राजनितिक भाषा प्रयाेग हुने गरेकाे छ त्यसमा पनि बालेकाे २४ घण्टा नबित्दै फिर्ता लिने वा सच्याउने काम भयाे। उदाहरण काे लागि पुर्ब माओबादिको खरिपार्टि भेलामा मुख्य दुश्मन किटान
गर्दा “नेपालमा दलाल पुजिवाद काे वाेलवाला छ र त्यस्काे नेतृत्व नेपाली कंग्रेस ले गरेकाेले नेपाली कंग्रेस नै नेपाली जनताकाे प्रमुख दुश्मन हाे!” भनेर लेख्नै पर्छ दस्तावेजमा भनेर क. मोहन वैद्यले दवाफ दिनु भाे।. क प्रचण्डले पार्टि लाई फुट बाट जाेगाउन का लागि दस्तावेजमा प्रदान दुश्मन “नेपाली कंग्रेस “भनेर किटान गरियाे। वास्तव मा १२ बुंदे समझदारि गरेर जनयुद्ध लाई सहज बनाउदै जनाआन्दाेलन सफल पार्ने एउटै माेर्चाकाे सहयात्रि लाई अझ भनाैं संविधानसभा काे चुनाव सफलता पुर्बक सम्पन्न गरि गणतन्त्र घाेषणामा एक हिस्साकाे नेतृत्व गरेकाे शक्ति नेपालि कांग्रेसलाई किरणकाे दबाब मा आएर “प्रदान दुश्मन”लेख्नु ठिक थिएन। यसकाे भाेलि पल्ट देशै भरि हल्ला भाे नेका ले माओबादी प्रति आशंका ब्यक्त गर्याे। पछि सच्याउनु पर्ने स्थिति आयो त्यसमा “अमेरिकि साम्रावाद र भारतिय बिस्तारवाद ” लेख्नै पर्ने अडान एकथरि साथिहरुकाे थियाे त्यसमा नेतृत्व ले सरकारकाे नेतृत्वमा रहेकाे र खास गरि सत्ताशिन पार्टि ले कुटनैतिक ढंगले जानू पर्ने स्पष्ट राखेपछि लेखिएन।

यसकाे तात्पर्य नेतृत्व ले बाेले पछि कार्यकर्ताले त्यस्काे रक्षा गर्नु पर्छ भने कार्यकर्ताकाे लागि ठाउँ राखेर बाेल्नु पर्छ । तर केही समय यता नेतृत्व ले बाेलेका कुरा लाई कार्यकर्ताले रक्षार्थ बाेल्दै गर्दा नेतृत्व ले फिर्ता गरिसकेकाे हुन्छ भने अब त कार्यकर्ता त सीता राम वाला सुगा हुने भाे। २०६३ देखि यता नेपालका राजनितिक पार्टि र नेताहरु ले अलि बढि हाैसिने वा सल्लाहकार काे गलत सल्लाह काे कारण नापजाँच नगरि बाेलि हाल्ने आदतले आन्तरिक  पंक्तिमा संकट पैदा गर्ने गरेकाे छ। याे एउटै पार्टिमा हाेईन सबै तिर छ ।

यस्तै प्रसंगमा याे पंक्तिकारले कहि लेखेकाे थियाे “कसैकाे हातकाे घडि गडबडी भए एउटा ब्यक्ति लाई प्रभाव पार्छ, घरकाे भित्ताकाे घडि गडबडी भए घरका परिवारमा समयकाे प्रभाव पार्छ भने घण्टाघरकाे घडि गडबडी भए काठमाडौं काे ठुलाे हिस्सा मा अन्याैलता पैदा गर्छ।”

ठिक हिजाे आज यस्तै हुन थालेकाे छ। याे बिषयमा नेताहरु बढि गम्भीर र सतर्क हुनु जरुरि छ। “पुजिवादी ले जे गर्दैनन त्याे बोल्छन्, जे बाेल्छन त्याे गर्दैनन्। तर कम्युनिस्ट हरु जे बाेल्छन त्याे गर्छन, जे गर्छन त्यहि बाेल्छन “याे लेनिन काे भनाई लाई पुन:एक पटक आत्मासाथ गराैं, बाेलेकाे पुर्याउँ स पुर्याउन सक्ने बाेलाैं। फिर्ता गर्ने गरि नबाेलाैं, बाेलेकाे फिर्ता नगराैं भन्दा बढि त हुदैन ?

लेखक : काली बहादुर मल्ल  नेकपा का केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाको सदस्य हुनुहुन्छ ।

भिडियो हेर्नुहोस :

यो पानी हेर्नुहोस :

यो पानी