सपनामा के देख्दा, विपनामा के हुन्छ ? थाह पाउनुहोस

Visionkhabar
प्रकाशित मितिः शुक्रबार, माघ ११, २०७५  || 201 Views   ||   |  


काठमाडौ । हरेक ब्यक्तिले राती निदाएको बेला सपना देख्ने गर्छन् । सपना केबल सपना मात्रै हैन विपनाको संकेत पनि हो । कतिपय सपना यस्ता हुन्छन् , जुन सपनाले भविष्यको संकेत गरेको हुन्छ । जस्तो सपनामा तपाईले चन्द्रमा देख्नु भयो भने भोलीपल्ट पक्कै केही सफलता पाउनुहुन्छ । हामीले के सपना देख्दा कस्तो फल पाईन्छ तल प्रस्तुत गरेका छौं । यो हामीले राजधानी दैनिक बाट लिएका हौ ।

हेर्नुस् सपनाको फल

(१) मोटो गोरु देखे – अन्न सस्तो हुने

(२) चामल देखे – शत्रु कमजोर

(३) पूजापाठ गरेको देखे – समस्याको समाधान

(४) शिशु चलेको देखे – रोकेको धन प्राप्त हुन् सक्ने

(५) कुनै फलको गुदी देखे – धन लाभ

(६) पलङमा सुतेको देखे – गौरव बढ्ने

(७) हराभरा जंगल देखे – प्रसन्नता मिल्ने

(८) खुला दरवार देखे – नयाँ व्यक्तिसँग मित्रता हुने

(९) बन्द दरवार देखे – धन नोक्सान

(१०) खाएको देखे – धन र प्रसिद्धि प्राप्ति

(११) चश्मा लगाएको देखे – ज्ञान बढ्ने

(१२) महिलाले हस्तमैथुन गरेको देखे – धन प्राप्ति

(१३) पूरी खाएको देखे – प्रसन्नताको समाचार मिल्ने

(१४) तावा देख्ने – गुप्त रहस्य पत्ता लाग्ने

(१५) बत्ति बालेको देखे – नया अबसर पाउने सम्भावना

(१६) आकाशमा बिजुली चम्केको देखे – व्यवसायमा स्थिरता

(१७) विदाई समारोह – धन–सम्पतीमा वृद्धि

(१८) भाँचिएको छत देख्नु –कसैले लुटेको धन प्राप्ति

(१९) सेतो परेवा देखे – शत्रु मित्र बन्न सक्ने

(२०) मौरी देखे – मित्रतामा प्रेम बढ्न सक्ने

(२१) पन्जा देखे – अचानक धन लाभ

(२२) सिंह जोडी देखे – दांपत्य जीवन सफलता उन्मुख

(२३) मैना देखे – राम्रो स्वास्थ्य

(२४) आभूषण देखे – कुनै काम पूरा हुने

(२५) जामुन खाएको देखे– समस्या टाढा हुने

(२६) जुवा खेलेको देखे – व्यापारमा लाभ

(२७) खच्चड देखे – धन सम्बन्धी समस्या

(२८) समाधि देखे – सौभाग्य प्राप्ति

(२९) आफै उडेको देखे – समस्या समाधान हुनु

(३०) लडाई भएको देखे – प्रसन्नता प्राप्त

(३१) लड़ाईमा मरेको देखे – राज प्राप्तिको योग

(३२) गोबर देखे – पशुको व्यापारमा लाभ

(३३) सुपारी देखे – रोगबाट मुक्ति

(३४) लठ्ठी देखे – आराम प्राप्ति

(३५) खाली बैलगाडा देखे – नोक्सानी हुने सम्भावना

(३६) सलाई कोर्नु – धन प्राप्ति हुनु

(३७) लाश देखे – रोगवाट मुक्ति

(३८) चुरा देखे – सौभाग्य वृद्धि

(३९) चन्द्रमा देखे – सम्मान मिल्ने

(४०) खेतमा पाकेको गहु देखे – धन लाभ

(४१) सेतो सर्पले टोकेको देखे – धन प्राप्ति

(४२) नदीको पानी पिएको देखे – सरकारवाट लाभ

(४३) कपास देखे – रोग निको हुने

(४४) कुकुर देखे – पुरानो मित्रसंग मिलन

(४५) जमीनमा ओछ्यान लगाएको देखे – दीर्घायु वा सुखमा वृद्धि

(४५) गाडेको धन देखे – अचानक धन लाभ

(४६) मृत व्यक्तिसंग गफ गरेको देखे – मनले चाहेको इच्छा पूरा हुने

(४७) पर्खाल देखे – सम्मान बढ्ने

(४८) बलेको दियो देखे – आयु बढ्ने

(४९) सुन्दरी महिला देखे – प्रेममा सफलता

(५०) देवीको दर्शन गरेको देखे – रोगबाट मुत्ति

(५१) छुरी देखे – संकटबाट मुक्ति

भिडियो हेर्नुहोस :