“अतिथि देव भव” राष्ट्रिय अभियान जाजरकाेटकाे मालिकामा

visionkhabar
प्रकाशित मितिः आइतवार, पुस २९, २०७५  || 314 Views   ||   |  

जाजरकाेट । नेपाल पर्यटन पत्रकार महासघ जाजरकाेटकाे नव निर्वाचित कार्यसमितिले विभिन्न महत्वपुर्ण निर्णय गर्दै बैठक सम्पन्न गरेकाे छ ।

आईतबार खलङ्गामा बसेकाे पहिलाे बैठकले नेपाल पर्यटन पत्रकार महासघले संचालन गरेकाे “अतिथि देव भव” राष्ट्रिय अभियान जाजरकाेट जिल्लाकाे भेरी नगरपालिका ६ मा रहकाे एैतिहासिक पर्यटकिय स्थल मालिकामा आगामी फागुनमा गर्ने निर्णय गरेकाे हाे ।

गोर्खाको मनकामना देबिको उत्पती स्थल  समेत रहेकाे मालिका साथसाथै अन्य पर्यटन क्षेत्रको प्रचारप्रसार गर्नका लागी महासघंले “अतिथि देव भव” राष्ट्रिय अभियान अन्तरगत जाजरकाेटकाे मालिकामा उद्घाटन गरिने सचिव पवन शर्माले बताए ।
भेरी नगरपालिकाले मालिकाको गुरुयोजना निर्माण गर्नकाे लागी सञ्चालन गरेकाे गन्तब्य मालिका कार्यक्रमलाई समेत टेवा पुर्याउनकाे लागी पनि याे अभियानकाे उद्घाटन मालिकामा गर्ने निर्णय भएकाे शर्माकाे भनाई छ ।