१४२ विद्यार्थीलाई पोसाक वितरण

visionkhabar
प्रकाशित मितिः बिहिबार, पुस २६, २०७५  || 209 Views   ||   |  

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका ११ कटीगाउँमा स्थित जनज्योति प्राथमिक विद्यालयका बालवालिकालाई विद्यालय पोसक वितरण गरीएको छ । विद्यालयमा बिहिबार एक कार्यक्रमका विच पोसाक वितरण गरीएको हो ।

नेपाली काँग्रेसका युवा नेता तथा विकासका लागि सहकार्य संस्थाका अध्यक्ष मुक्तिप्रसाद आचार्यको समन्वय पहलमा कोरियाको वल्याक याक अर्थात कालो चौरी नामको कम्पनीको सहयोगमा विद्यालयमा पढने कक्षा १ देखि ३ सम्मका १ सय ४२ जना दलित विद्याार्थीहरुलाई विद्यालय पोषाक वितरण गरिएको नेता आचार्यले वताउनु भयो । उहाँले विद्यालयमा पुरयाईएका पोषाकहरु विशेष कार्यक्रमका विच जिल्ला समन्वय समिति जाजरकोटका उपप्रमुख ज्ञानीप्रसाद शर्मा र वडाध्यक्ष लक्ष्मीप्रसाद जैसीको उपस्थितिमा वितरण गरिएको थियो । जिल्लाका विपन्न तथा दलित समुदायका वालवालिकाहरुको पढाइमा सहयोग गर्नका लागि आफुले कोरियाको उक्त कम्पनीसंगको सहकार्यमा उक्त पोषाकहरु वितरण गरेको आचार्यले वताउनु भयो । विद्यालयका दलित वालवालिकाहरुलाई पोषाक वितरणले उनीहरुको पढाइमा ठुलो सहयोग गर्ने जिल्ला समन्वय समिति जाजरकोटका उपप्रमुख ज्ञानीप्रसाद शर्माले वताउनु भयो । उपप्रमुख शर्माले सहयोग सानो भएपनि विपन्न तथा दलित वालवालिकाहरुलाई पढाइ प्रति आकर्षित गर्न महत्वपुर्ण भुमिका खेल्ने वताउनु भयो । विद्यालय पोषाकले दलित विद्यार्थीहरुलाई ठुलो राहत मिलेको विद्यालयका प्रधानाध्यापक केशवप्रसाद शर्माले वताउनु भयो । यो सहयोगले विद्यालयमा विद्यार्थीको नियमितता कायम गर्न र उनीहरुलाई पढाइमा सक्रिय वनाउन सहयोग पुग्ने प्रधानाध्यापक शर्माले वताउनु भयो ।

यसैगरी आचार्यकै समन्वयमा भेरी नगरपालिकाकै वडा नम्वर ११ मटेला स्थित चतृरमाला प्राथमिक विद्यालयमा पढ्ने १ सय र त्रिभुवन आधारभुत विद्यालय रिसांड्डमा पढ्ने २ सय ५० जना विपन्न विद्यार्थीहरुलाई पनि विद्यालय पोषाक वितरण गर्ने कार्यक्रम छ, आर्चायले भन्नु भयो । नेता आचार्यका अनुसार भेरी नगरपालिका विभिन्न तीन विद्यालयका ५ सय १७ जना दलित र विपन्न विद्यार्थीहरुलाई वल्याक याक कम्पनीको ८ लाख वरावरको सहयोगमा विद्यालय पोषाकहरु वितरण भइरहेको जानकारी दिनु भयो । जाजरकोटको भेरी नगरपालिकाका विपन्न जनताको वस्ती भएका स्थानका वालवालिकाहरुलाई उनीहरुको पढाइमा सहयोग गर्न पोषाक सहयोग गरिएको उहाँले बताउनु भयो । पोषाक पाएपछि दलित विद्यार्थीहरु निकै खुसी भएका थिए । कोरियाको उक्त कम्पनीले जुत्ता, ज्याकेट र सुचना प्रविधि अर्थात आइटी सम्वन्धी सामाग्रीहरु उत्पादन गरेर सन्सारका विभिन्न देशहरुमा निर्यात गर्दै आएको बताईएको छ ।