कर्णालीका दुर्गम गाउँमा टेलिमेडिसिन सेवा

visionkhabar
प्रकाशित मितिः बुधबार, पुस २५, २०७५  || 204 Views   ||   |  

जाजरकाेट । कर्णाली प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार कर्णाली प्रदेशमा नवजात शिशु, शिशु र वाल मृत्युदर उच्च छ । सात वटा मध्ये सुदुरपश्चिमपछि नवजात शिशु, शिशु र वाल मृत्युदर मृत्युदर धेरै भएको प्रदेश कर्णाली हो । कर्णाली प्रदेशमा पाँच वर्ष मुनीको मृत्युदर प्रति एकहजारमा ५८ जना, एक वर्ष मुनीको ४७ जना र एक महिना मुनीका २९ जना छ । त्यसैले नवजात शिशु, शिशु र वाल मृत्युदर घटाउन कर्णाली प्रदेशमा कार्यरत युवा डाक्टरको समुहले टेलिमेडिसिन सेवा संचालन गर्न लागेको छ ।

प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डाक्टर नवराज केसीको पहल तथा अनुवाईमा भिडियो कन्फ्रेन्स पद्धतिको सहायताले कर्णालीका विकट गाउँका स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवा संचालिन गर्न लागिएको हो । भिडियो कन्फ्रेन्सवाट विरामीसँग प्रत्यक्ष संंवादवाट रोगको पहिचान र निदान गरिनेछ । विशेष गरी वालबालिका र गर्भवती महिलालाई लक्षित गरी सेवा संचालन गर्न छ, डाक्टर केसीले भने, अव दुर्गम गाउँबाट विशेषज्ञ सेवा लिन सुर्खेत, नेपालगंंज, काठमाडौ धाउँनै पर्दैन ।

सुर्खेतमा रहेका विशेषज्ञ डाक्टरबाट दुर्गम गाउँका विरामीले सजिलै यो सेवा पाउँछन । सेवा संचालनको लागि सफ्टवयर निर्माण गरेको छ । आर्थिक अवस्था कमजोर भएका भौगोलिक रुपमा विकट क्षेत्रका विरामीको लागि निकै उपयोगी हुने देखिन्छ । पहिलो चरणमा सुर्खेतसहित कालिकोट, जाजरकोटका पाँचवटा स्वास्थ्य केन्द्रबाट सेवा संचालनमा ल्याएर विस्तारै अन्यत्र पनि विस्तार गर्ने योजना रहेको छ ।

यो सेवाको समन्वय विङस फाउण्डेसनले गर्नेछ । सफ्टवयरको विकास ज्यास्पर आइटीमा आवद्ध कर्णाली प्रदेशकै प्राविधिक टोलीले गरेको छ । सफ्टवयर बनाउन ८/१० लाख रुपैया खर्च लाग्ने भएपनि कर्णाली प्रदेशको लागि भनेर निशुल्क बनाएको सफ्टवयर इन्जिनियर सुनिल खत्रीले बताए ।

निकट भविस्यमै सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर टेलिमेडिसिन सेवालाई कर्णाली प्रदेशका सवै स्वास्थ्य केन्द्रमा पुर्याउने लक्ष्य राखिएको छ । अहिले दुर्गमा गाउँका विरामीलाई दुई/ तीन दिन हिडेर स्वास्थ्य केन्द्र आउनु पर्ने र त्यहाँ विशेषज्ञ सेवा नपाएपछि वाहिर धाउनु पर्ने बाध्यता रहेको छ । यस्तो बाध्यताको अन्त्य गर्न टेलिमेडिसिन सेवाले ठुलो काम गर्नेछ । सहरका विशेषज्ञ डाक्टर र गाउँका विरामीलाई प्रविधीले जोडेर विशेषज्ञ सेवा लिने वातावरण सृजना हुने पनि डा. केसीले बताए ।

यसरी गरिन्छ उपचार
सवैभन्दा पहिला जटिल खाले समस्या भएर स्वास्थ्य केन्द्रमा आएका विरामीको अवस्था लेखेर सुर्खेतमा रहेको कन्टोल रुममा पठाउँछन । कन्टोल रुममा कार्यतर स्वास्थ्यकर्मीले त्यो समस्यालाई तत्कालै सम्वन्धीत विषयको डक्टरलाई फरवार्ड गर्छन । त्यसपछि डाक्टरले भिडियो कन्फ्रेन्समार्फत विरामीको उपचार गर्छन । उनले विरामीलाई स्वास्थ्य केन्द्रमै राखेर उपाचार गर्ने कि बाहिर रिर्फर गर्ने भनेर सम्वन्धीत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीलाई सल्लाह दिन्छन ।

डाक्टरसँग तत्काल कुरा हुन सकेन भने विरामीको समस्या सफ्टवयरमा टायप गरी नर्मल र इमरजेन्र्सी मध्य एउटा वटन थिच्छन । रातो बटन थिच्न वित्तिकै कन्टोल रुममा आउँछ । इमरजेन्र्सी र निलो वटन थिचेपछि नर्मल अवस्था भनेर डाक्टरले वुझ्छन । त्यसपछि उपचार सुरु गरिन्छ । यो सफ्टवयरलाई मोवाइलमा पनि राखेर प्रयोग गर्न सकिन्छ । यदि यो सफ्टवयर छ भने डाक्टरको मोवाइलमै म्यासेज आउँछन । यो सफ्टवयरलाई समान्य व्यक्तिले पनि चलाउन सक्ने, कम खर्चालु र एकदमै ढिलो गतिको नेटमा पनि चल्न सक्ने डजाइन गर्न लागिएको छ । यो सेवालाई कर्णाली केयर नेट नाम दिइएको छ । नेपाल समाचार पत्र दैनिकबाट ।