ललित प्रकाश चन्दको ‘यो कस्तो नियती’

visionkhabar
प्रकाशित मितिः आइतवार, पुस १५, २०७५  || 118 Views   ||   |  

जाजरकाेट । गितकार ललित प्रकाश चन्दको पहिलो गित सार्वजनिक भएको छ । वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका प्रध्यापक समेत रहेका चन्दले युट्युवबाट शुक्रबार आफ्नो पहिलो गित सार्वजनिक गरेका हुन ।

‘यो कस्तो नियती भगवानको पनि‘‘।” बोलको गितमा पछिल्लो समयका चर्चित गायक प्रमोद खरेलले आवाज दिएका छन भने प्रभात सुवेदीले संगित दिएका छन । बिन्ध्यवासिनी म्यूजिकको प्रस्तुती रहेको उक्त गितको अडियो सार्वजनिक गरिएको र केही समयपछि म्यूजिक भिडियो समेत सार्वजनिक गरिने गितकार चन्दले जानकारी दिए ।