तेस्राे दिन प्रिया र कुलेन्द्रले तताए जाजरकाेट महाेत्सव

visionkhabar
प्रकाशित मितिः शुक्रबार, पुस १३, २०७५  || 369 Views   ||   |  

जाजरकाेट । कृषि उत्पादन ब्यवसायिकरण कला संस्कृति वातावरण संरक्षण र पर्यटन प्रबर्धन हाम्राे अभियान, आत्मनिर्भर स्वाभिमानी र स्वच्छ सुन्दर र समुन्नत जाजरकाेट निर्माण भन्ने मुल नाराका साथ चलिरहेको तेस्राे जाजरकाेट महोत्सव–२०७५ तेस्राे दिन भव्य भएको छ ।

महोत्सवमा शुक्रबार अहिले कि चर्चित गायीका प्रिया भण्डारीको विशेष प्रस्तुती रहेको थियो । प्रिया भण्डारीले महोत्सवमा उपस्थित हजारौं दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गर्दै छमछमी नचाएकी थिइन । गायीका भण्डारीले मन्चबाट ‘कान्छा अाेइ कान्छा, भाउजुकाे हाई हाई छ दाई लाउरे भएर, प्रेम नगर’ बोलको गित गाइरहदा दर्शकहरु छमछमी नाचेका थिए ।

तेस्तै अर्का चर्चीत गायक कुलेन्द्र विश्वकर्माले पनि दर्शकहरुलाई नचाएका छन् । विश्वकर्माले उत्कृष्ट प्रस्तुति राख्दै दर्शकहरुलाई मनोरञ्जन दिएका छन् । उनको प्रस्तुतिमा युवायुवतिहरु झुमेका थिए । उनले आफ्ना लोकप्रीय एवं चर्चीत गीतहरु प्रस्तुत गरेका थिए । अपराह्नतिर प्रस्तुति राख्न सुरु गरेका विश्वकर्माले १ घण्टासम्म आफ्नो प्रस्तुति राखेका थिए ।

कुलेन्द्र विश्वकर्माले गाएको ‘सालको पात टपरी हुने हेबरै नहुने सल्लैको, तिम्रो माया कति छ कति नलाउ पछि हल्लैको’ भन्ने बोलको गीतले महोत्सवलाई निकै ततायो । दर्शकहरुले विश्वकर्मालाई उक्त गीत धेरै पटक दोर्याएर गाउन लगाएका थिए ।

‘उकाली आेराली धाइयाे’ बोलको गीतबाट गायकी सुरु गरेका विश्वकर्माले ‘जिम्बल बा काे आँगनीमा, रुमाल हल्लाई हल्लाई जस्ता चर्चित गीतकाे बाेलमा उनले प्रस्तुत गरेका थिए ।

यस्तै स्थानीय कलाकारहरुले पनि आफ्नो रोचक प्रस्तुति प्रस्तुत गरे ।

महोत्सवको मुख्य आकर्षणको रुपमा यस क्षेत्रबाट उत्पादित कृषिवस्तुहरुको पर्दशनी, यस क्षेत्रका पर्यटकिय स्थलहरुको चिनारी, जातिय पहिचान झल्काउने सांस्कृतिक नृत्य तथा झाँकीहरु, चर्चित कलाकारहरुको दैनिक सांस्कृतिक प्रस्तुति, सर्बाधिक राशिकाे भलिबल प्रतियाेगिता रहेको महोत्सव आयोजक जाजरकोट उद्योग बाणिज्य संघका अध्यक्ष कर्ण खत्रीले जानकारी दिए ।

यसैबिच महोत्सवको चौथो दिन शनिवार लोक दोहरी गायक नविन पौडेल, शक्ति चन्द, टंक तिमिल्सिना, हास्य कलाकार बेगम विक (भटभटे माईलो) लगाएतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । महाेत्सव पुस १५ गते सम्म सञ्चालन हुने मुल आयोजक समितिले जानकारी दिएको छ ।

हेर्नुहाेस् भिडियाे ।

याे पनि हेर्नुहाेस