तेस्राे जाजरकोट महोत्सव बुधबार देखी खलंगामा सुरु (फाेटाे फिचर)

visionkhabar
प्रकाशित मितिः बुधबार, पुस ११, २०७५  || 465 Views   ||   |  

जाजरकोट । तेस्रो जाजरकोट महोत्सव, कृषि,पर्यटन, कला, संस्कृति वातावरण तथा औद्योगिक ब्यापार मेला बुधबार देखि खलंगामा सुरु भएको छ ।

कृषि, ब्यापार तथा पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ संचालन गरिएको महोत्सव आज बुधबार देखि सुरु भएको हो ।

यहि १५ गते सम्म संचालन हुने महोत्सवको प्रमुख अतिथि वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले औपचारिक रुपमा उद्घाटन गर्नु भएको छ । उक्त उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश मुख्य मन्त्री महेन्द्र बहादुर शाही,भूमी व्यवस्था-कृषि तथा सहकारी मन्त्री बिमला के.सी, प्रतिनिधिसभा सदस्य सत्या पहाडी,जाजरकोटका विभिन्न स्थानिय निकायका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, संघ संस्थाका प्रतिनिधिहरु, पत्रकार, सुरक्षा निकायका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।

जाजरकोट उद्योग बाणिज्य संघको आयोजना तथा भेरी नगरपालिकाको सहाअयोजनामा संचालन गरिएको महोत्सवको जिल्लाका सबै नगरपालिका, नगरपालिका र विभिन्न संघसंस्थाहरुको प्रायोजन रहेको छ ।


महोत्सवको दोस्रो दिन विहिबार राष्ट्रिय कलाकार एवम लोक दोहोरी गायीक प्रकाश कटवाल र हास्य कलाकार कमल गाउलेसगैं स्थानिय कलाकारहरुको प्रस्तुती र विभिन्न झाँकिहरु प्रर्दशन र सर्बाधिक राशीको भलिबल खेलहरु हुने आयोजकले जनाएको छ ।