सोझो गोरु : बगाल छोड्दैन दाम्लो चुड्दैन

Visionkhabar
प्रकाशित मितिः सोमवार, मंसिर २४, २०७५  || 281 Views   ||   |  
-दयाल बहादुर शाही

कविता :

सोझो गोरु

बगाल छोड्दैन
दाम्लो चुड्दैन
सरू जादैन
सिङ चलाउँदैन
लात्ती हान्दैन
जुवा भाँच्तैन
छडी चाहिदैन
सोझो गोरू दरिलो छ
हुनुसम्म भरिलो छ ।

काँधमा जुवा छ
साथमा हलो छ
साथीलार्इ हलुङ्गो छ
हलीलार्इ हाइसन्चो छ
बाँझो हटाउँझ
दुख बुकाउँछ
सोझो गोरू दरिलो छ
हुनुसम्म भरिलो छ ।

सावेल खिएर रहेको सियो
धोका र मारको बीचमै जियो
हरदम सचेत र सावधान
मान माथिको भुक्तमान
चोरीमार हान्नेबाट
ठफ्फा जमाउनेबाट
हुँकार छोड्नेबाट
सिँगौरी खेल्नेबाट
गौडा गौडामा खान्छ मार
चौरमा थमाउँछ
जोरीपारीको हातमा हार ।
तिघ्रा कमाउँदैन
पिठ फर्काउँदैन
सोझो गोरू दरिलो छ
हुनुसम्म भरिलो छ ।

जुझ्दाजुझ्दा संयोगले बचेका
एक थान सुन्दर र सवल सिङ
अग्लो कदमाथि चुलिएको जुर्रो
चल्ने फिर्कने सुडौल पुच्छर
बगालको अगुवा
चोरीमार हान्दैन
खेद्न जादैन
डराउँदैनन् उसबाट
बाच्छा र बहर
निहुँ खोज्ने राख्दैन रहर
खेतमा जोतिन्छ
मेलामा पेट भर्छ
मैदानमा भिडिन्छ
सोझो गोरू दरिलो छ
हुनुसम्म भरिलो छ ।।

भिडियो हेर्नुहोस :