नडराउ मेरो कलमदेखि : कविता

Visionkhabar
प्रकाशित मितिः शनिबार, मंसिर २२, २०७५  || 416 Views   ||   |  
दयाल बहादुर शाही

कविता :

नडराउ मेरो कलमदेखि

ठूलालार्इ ठोक्छ
सानालार्इ ढोग्छ
तरबार चिन्दैन
घरबार छिन्दैन
नडराउ मेरो कलमदेखि
आस्थाको शितल मलमदेखि ।

बज्रभन्दा कठोर यो
फूलभन्दा कोमल यो
चिसिएकालार्इ उमाल्न
कहिल्यै हुन्छ हिटर यो
तात्तिएकालार्इ ठन्डा पार्न
कहिल्यै हुन्छ फ्रिज यो
छर्लङ्ग पार्नु पर्दा
कहिलै जुम गर्छ यो
टाढा हेर्नु पर्दा
दूरविन हुन्छ यो
नदीझै बग्छ यो
हिमालझै अटल यो
नडराउ मेरो कलमदेखि
निष्टाको शितल मलमदेखि ।

इमानलार्इ उठाउँछ
बेइमानलार्इ सताउँछ
फुटेकालार्इ जोड्छ
दबिएकालार्इ उकास्छ
भागादौड हुँदा
भयले लपेट्दा
भयसँग भिड्छ
आतंकलार्इ गिड्छ
जब स्थिति शान्त हुन्छ
भगौडाबाटै घेरिन्छ
लान्छनाबाट सेरिन्छ
नडराउ मेरो कलमदेखि
सत्यको शितल मलमदेखि ।।