चुर्ण पुन मगरको शब्दमा कारुणीक गित “ज्यान बचाउनै गाह्रो छ मलेसियामा” (भिडियोसहित)

Visionkhabar
प्रकाशित मितिः शुक्रबार, मंसिर १४, २०७५  || 276 Views   ||   |  


जाजरकोट । बैदेशिक रोजगारीको शिलशिलामा भोगीएको दुःख, पिडालाई शब्दमा उतारेर “ज्यान बचाउनै गाह्रो छ मलेसियामा” बोलको गित बजारमा आएको छ । सल्यान जन्मिएर बर्दिया घर भई हाल रोजगारीको शिलशिलामा मलेसिया रहेका चुर्ण पुन मगरको  शब्दमा उक्त गित बजारमा आएको हो ।

रोजगारीको सिलसिलामा प्रवासमा रहेपनि सानै देखि गीत संगीत तथा साहित्य सिर्जना प्रति रुचि राख्ने पुनले लोकगीत क्षेत्रमा “आउ है सानू अनलाइन रोधीघर“ बाट सुरु भएको यात्रा “पाखै भरि फुलेको प्याउलिको फुल“ हुँदै यो पटक “ज्यान बचाउनै गाह्रो छ मलेसियामा“ भन्ने गीतको शब्द सिर्जना गरेकाहुन् ।

सुखल भट्टराई र सावित्रा रिमालको संयुक्त प्रस्तुतिमा प्रियसी म्युजिक प्रालिले यो गित बजारमा ल्याएको हो । यस गितमा चुर्ण पुनले परदेशीहरुका पिडालाई शब्दमा समेटेर जनचेतनामूलक सन्देश दिने कोसिस गरेकाछन् । यो गितमा सुखल भट्टराई र सिर्जना हुमगाइले आवाज दिएका छन् भने लय सावित्रा रिमालले भरेकाछन् । सहयोगी पात्रहरूमा, गोमा मगररहिरु आले मगररबबिता मोक्तान रहेकाछन् ।

यो गितमा रमा थपलिया र बुद्धि वीर थापाको अभिनय रहेको छ । निर्देशनमा बबिता श्रेष्ठ छिन् भने छायाङकनमा मुकेश हुमगाइको महत्त्वपूर्ण भुमिका रहेको छ ।

हेर्नुहोस भिडियो : 

यो पनि हेर्नुहोस :