जाजरकोटमा पनि मनाइयो ६३ औं प्रहरी दिवस (भिडियो सहित)

Visionkhabar
प्रकाशित मितिः बिहिबार, अशोज २५, २०७५  || 249 Views   ||   |  

असोज २५, जाजरकोट । नेपाल प्रहरीको ६३ औं प्रहरी दिवस जाजरकोटमा पनि मनाइएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले आज विहान एक कार्यक्रमको आयोजना गरी आफ्नो स्थापना दिवस मनाएको हो । प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष प्रहरी दिवस मनाइँदै आएको छ ।

कार्यालयका निमित्त प्रमुख इन्सपेक्टर इन्द्रजित सुनारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, स्थानिय तहका प्रमुख, कार्यालयका प्रमुख, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले नेपाल प्रहरीको गौरवपुर्ण इतिहाँस भएको बताउनु भयो । उहाँले सुशासनयुक्त र समृद्ध नेपाल निर्माणमा प्रहरी संगठनको महत्वपुर्ण भुमिका रहेको भन्दै प्रशंसा समेत गर्नु भयो । समाजका बिभिन्न बिकृति रोक्न प्रहरीले खेलेको भुमिका अतुलनिय भएको समेत प्रजिअ बस्नेको भनाई छ ।

भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तीले समाजमा शान्ति र अमनचयन कायम गर्न प्रहरीले गरेकोे कार्यको प्रशंसा नर्गु भयो । समाज परिवर्तनको पहरेदार प्रहरीलाई बदलिदो परिस्थिति अनुसारको तालिम र सामग्रीको व्यवस्था गर्नु पर्ने उहाँको भनाई छ । नागरिकको शुरक्षामा हरक्षण खटिरहने प्रहरी र नागरीक बिचको सम्बन्ध सुमधुर हुनुपर्ने नगरप्रमुख घर्तीले जोड दिनु भयो । त्यस्तै कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले प्रहरी नगरीकको साथी हुनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा भेरी नगरपालिकाका नगरप्रमुख चन्द्र प्रकाश घर्ती र कुशे गाउँपालिकाका अध्यक्ष हरीचन्द्र बस्नेतलाई देसल्लाह सहित कदरपत्रले सम्मान गरीएको छ । प्रहरीलाई आवश्यक सहयोग गरेको भन्दै सम्मन गरीएको हो । त्यस्तै शिवालय गाउँपालिकालाई पनि कदरपत्रले सम्मान गरिएको छ । त्यस्तै नागरीकको सुरक्षामा खटिदै गर्दा ज्यान गुमाएकाहरुको सम्मानमा पुस्पगुच्च सहित श्रदाञ्जली अर्पण गरिएको छ । बिभिन्न समयमा सुरक्षार्थ खटिएर ज्यान गुमाएका जाजरकोटका ६ जना प्रहरीलाई सलामी समेत दिइएको छ ।

भिडियो  हेर्नुहोस :