समाजका सम्पूर्ण कुप्रथा अन्त्य गरेरै छाड्छु : उपाध्यक्ष आचार्य

Visionkhabar
प्रकाशित मितिः बुधबार, अशोज २४, २०७५  || 381 Views   ||   |  


कर्णाली प्रदेशको बिकट मानिने जिल्ला जाजरकोटको पश्चिम भेगमा पर्ने जुनिचाँदे गाउँपालिका उद्योग, जलश्रोत, पर्यटन र कृषिको प्रयोगबाट सम्बृद्धिको प्रचुर सम्भावना बोकेको स्थानीय तह हो । यदी उक्त स्रोतको सदुपयोग गर्न सकेमा जुनिचाँदे गाउँपालिका कर्णाली प्रदेशकै उत्कृष्ट स्थानीय तह बन्न सक्छ । संघियता लागु भएपछिको गाउँपालिकामा बिभिन्न सस्याहरु हुँदाहुँदैपनि जनताको सेवाका लागि यहाँका जनप्रतिनिधिहरुले गत बैशाख महिनामा आबश्यक ऐन, कानुन, कार्यबिधी दोस्रो बिशेष गाउँसभा बाट पारित ग¥यो । जाजरकोटका सात स्थानीय तहमध्ये पहिलो पटक निति तथा कार्यक्रम सार्वजनिक गर्ने स्थानीय तहको रुपमा जुनिचाँदेलाई मानिन्छ । जनप्रतिनिधि भई सकेपछिको अबस्थामा गाउँपालिकामा भएका सकारात्मक र नकारात्मक अनुभवबाट मार्ग निर्देशित हुदैे भोग, रोग, गरिवि र भौगोलिक विकटताबाट ग्रसित पारेको यस गाउँपालिकाले आर्थिक बर्ष २०७५÷०७६ निति तथा कार्यक्रम प्रस्तुत गरी सकेको छ । स्थानिय सरकारको निर्वाचनबाट गाउँपालिकाको उपाअध्यक्ष पदमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट उमेद्धवार दिएकी शिवा आचार्य बस्नेतले २ हजार ७ सय ७८ मत ल्याएर गाउँपालिकाको उपाअध्यक्ष भईन् । प्रस्तुत छ जुनिचाँदे गाउँपालिकाका उपाअध्यक्ष बस्नेत उपाध्यक्ष भएर गाउँपालिकाको सेवा गर्न थालेक िएक बर्ष नाघि सकेको छ । उनी उपाध्यक्ष भएर आईसकेपछि उनले एक बर्षको अबधिमा के गरीन् र आगामि दिनमा के गर्छिन् भन्ने बिषयमा  भिजन खबर अनलाइनका  रेशम बहादुर खडकाले गरेको कुराकानी ।

१. अहिले गाउँपालिका के काममा व्यस्त रहेको छ ?

गाउँपालीकामा गत बर्ष भरीको योजनाहरुको समिक्षा गर्दै, नयाँ योजनाहरु निमार्ण गर्न कार्य भैरहेको र नीति तथा कार्यक्रम निमार्ण गरिरहेको छौँ । चालु आर्थिक बर्षको योजनाहरुको समिक्षा गरि आगामि गाउँपालीकाको आयोजना निर्माण व्यस्त छौ । गत साउन १० गते जुनिचाँदे गाउँपालीका बाट बिनियोजन गरिएको बजेटमा उपभोक्ता समिति गठन तथा कार्यान्वयन मा अहिले गाउँ गाउँ र वडाका पुरौ बस्ती स्थरमा ब्यस्त छौँ ।

२.स्थानीय सरकार चलाउनु भएको एक बर्ष बित्योे, चुनावमा गर्नु भएको धोषण पत्र अनुसार काम गर्न सक्नु भएको छ त ?
गत बैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा उपाअध्यक्ष पदमा चुनावी मौदानमा होमीदै गर्दा जुनिचाँदे बासिहरुको जुन मइले मनजीत्नको लागि समृद्ध जुनिचाँदेको कल्पना गरेर जुन जनतामाज हामिले गरेका प्रतिबद्धताहरु एकै बर्षमा पुरा भएको जस्तोत खासै लाग्दैन हामी निरन्तर गाउँपालीकाका बासिहरुको घर आगनमा बस्ती बस्तीमा गएर भएका समस्याहरुलाई समाधानको लागि एकबर्षमा केहि पुरा गरेका छौ । सबै भन्दा जनता बाट आएको बाचाँ सडक नै हो हाल हामिले १ बर्षमा जुनिचाँदेका ७ ओटा वडाहरुमा सडकको टक ओपन गर्ने काम पुरा गरेका छौ । त्यस्तै खानेपानीमा पनि जनताको जनगुनासो धेरै आएकोले सबै वडाहरुमा गाउँपालीका बाट बजेट बिनियोजन गरि खानेपानी गएको आर्थिक बर्षमा पुरा गरेका छौ । चुनावमा हामीले जनताको घर घर गएर दिएका प्रतिवद्धता क्रमश पुरा गर्दै जानेछौँ । केही पुरा हुदैछन् भने अरु क्रमश पुरा गर्ने योजना बनाएका छौँ । मुख्य भौतिक पुर्वाधारको कुरा गरेका थियौँ यस बर्ष सबै वडाहरुमा प्रारम्भ भएको छ । पुल ,सडकहरु,खानेपानी,बिजुली लगाएत सबैवडामा निरन्तरता काम अगाडि बढाएका छौँ ।
३. तपाईले महिला तथा बालबालीकाको क्षेत्रमा कस्ता योजना बनाउनु भएको छ ।
महिला दलित अपाङ्ग जेष्ठ नागरिक वालवालिका मैत्री नीति तथा कानून निर्माण भएको र कार्यान्वयनको चरणमा हामि छौ । बिशेष गरि मैले आफनो कार्यकालमा महिला तथा बालबालीकालाइ अभिद्धी गरि अगाढि बढने । समाजमा रहेका महिला वालवालिका अपाङ्गता जेष्ठ नागरिक बिरुद्ध हुने हिंसा तथा दुर्ववहार बाल श्रम वालविवाह छुवाछूत छाउपडि प्रथा वोक्सी लगाएत बिभिन्न प्रकारका कुरितिहरुको अन्त्य गर्न जनचेतनामुलक कार्यक्रमहरु उपचार ,मनोबिमर्स कानूनी सहायता र पुर्न स्थापना सम्बन्धी कार्यक्रमहरु बृहतरुपमा सञ्चालन गर्ने योजनामा छु ।
साथै बालबिवाह ,बहुबिवाह न्यूनिकरण ,सार्वजनिक निकायका संरचनाहरुलाई अपाङ्ग मैत्रि, बाल मैत्री र लौङ्गिक मैत्री बनाउने कार्य अघि बढाइएको छ । जुनिचाँदे गाउँपालीका भित्र रहेका महिला तथा बालबालीकाहरु लाइ शिक्षा स्वास्थ्य महिला बालबालिका सामाजिक सुरक्षा लगाएतको सामाजिक बिकास गुरुयोजना बनाई लागू गर्ने मेरो मुख्य लक्ष्य रहेको छ ।

४. तपाइको गाउँपालिकाका मुख्य योजनाहरु केके थिए कार्यान्वयन कस्तो रहयो हाल अव केके हुने छ ?
हामिले गाउँपालीका भित्र मुख्य योजनाहरु शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक, पूर्वधार नै हो । चालु आर्थिक बर्षमा पनि गाउँपालिकाको मुख्य योजनाहरु सडक पूर्वधार नै रहने छ । जुनिचाँदे गाउँपालिकाका बिभिन्न ठाउँमा मध्यपश्चिमकौ सबै भन्दा ठुलो काईनाइट खानिहरु जुनिचाँदे गाउँपालिकाको दहमा छन । अहिले सबै खानिहरु बन्द छन यस्ता खानिहरु बाट निकासि हुने बहुमूल्य रत्न पथर काईनाइट तुर्माली जस्ता बहुमुलय पथरहरु स्थानिय स्थरमा उत्पादन मुखि बनाउने मुख्य योजना बनाएको छौ । आर्थिक तथा सामजिक असमानता र विभेद अन्त्य गर्दै आत्मा निर्भर गाउँपालिका वनाउने योजना लिएका छौ । गाउँपालिका बासिहरुले सहज जीवनयापन र समुन्नत गाउँपालिका निमार्णका लागी आवश्यक भौतिक पूर्वाधारको विकास र विस्तार गर्नेक्रममा छौं । मानव अधिकारको संरक्षण तथा सामाजिक न्यायको प्रबद्र्धन गदै शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा नागरिकको सहज पहुँच स्थापित गरी दक्ष जनशक्ति उत्पादन गरी प्रभावकारी रुपमा परिचालन वालमैत्रीपूर्ण वातावरणमा वालवालिकाले सिक्ने थलोका रुपमा विद्यालयहरुको विकास र विस्तार प्रत्येक वडाहरुमा कम्तिमा एउटा नमूना विद्यालय कृषिको व्यावसायीकरणलाई प्रोत्साहन गदै आवश्यक अनुदानको व्यवस्था , गाउँपालिका वडा कार्यालयको व्यवस्थापन, स्रोत साधन व्यवस्थापन र कर्मचारी पदपूर्ति गर्न आवश्यक पहल गर्ने, वनजंगलको संरक्षण गरी हरियाली जुनीचाँदेका रुपमा विकास ,भ्रष्टाचार नियन्त्रण, जनमुखी प्रशाशन र सुशासन यूक्त गाँउपालिका निर्माण गर्ने मुख्य योजनाहरु बनाएका छौ ।

५. अबौध मेडिकलहरु हजुरको स्थानीय तहमा सञ्चालनमा आएको खबर सुन्नमा आएको छ अबको दिनमा के पहल हुन्छ ?
गाउँपालीका भित्र सञ्चालनमा रहेका बिभिन्न मेडिकलहरु को पहिलो चरणमा अनुगमन गर्ने । हामिलाइ पनि त्यस्तो गुनासोहरु दैनीक आइरहेको छ खानतलासी गरेर सत्यतथ्य पता लगाइ यदि कोही कसौले अबौध रुपमा मेडिकल दर्ता नगरि सञ्चालनमा ल्याएको पाइएमा त्यस्ता ब्यक्ति लाई गाउँपालिकाले कारवाहिको लागि प्रकृया अगाडि बढाउने हामि तयारीमा छौ ।

६. बिकास निमार्णमा प्राबिधिक कारण गाउँपालिकाबाट धेरै दुःख पाएको जनताको गुनासो छ नि ?

चालु आर्थिक बर्षमा गाउँपालिकामा योजना धेरै भए । हामि सिकाइको क्रममा थियो । ५ सय बढि योजना भएको इन्जीनियर, सव इन्जीनियर र असिस्टेन सब इन्जीनियर नभएको कारण अलिकति कठिनाई भाकै हो । प्राविधिकले जति काम छिटो छरीतो गनुपथ्र्यो त्यो गर्न सकिएन । अर्को उपभोक्त समितिले केके गर्ने के नगर्ने भनेर उपभोक्ताहरु लाई हामीले तालिम दिन पनि सकेनै । उपभोक्तहरुलाई तालिम दिएर अघि बढेको भए सहज हुने थियो । र अर्को कुरो योजनाहरुको दररेट आफै निमार्ण गरेका थिएनौँ किन भने कानूनी रुपमा आफै निमार्ण गर्ने अधिकार थिएन । अहिलेको योजनाहरु संचालन गर्ने दररेट जिल्लको थियो ।अब यो आर्थिक बर्ष बाट हामिले कर्मचारी बाट दररेट हामी आफै गर्ने छौँ ।

७ एक बर्षसम्म गाउँपालिकाको प्रशासनिक केन्द्र तोक्ने कुराम बिवाद सृजना भयो । तर अन्तमा आएर बिशेष सभा नबसेर पैसाको भरमा गाउँपालिका तोक्नु भयो भन्ने केही ब्यत्तिहरुले आरोप लगाएका छन के साचो हो ?
यो सबै झुट हो गाउँपालिका भित्र रहेका ११ वटा वडाहरुमा ८ ओटा वडाले लुहादहको समर्थनमा र ३ ओटा वडाले लुहादहको बिपक्षमा हस्ताक्षर गरेका हुन । साथै गाउँपालीकाको लागि गाउँसभा बाट बहुमतका साथ निर्णय गरि हामिले पठाइ सकेका छौं यो बिषयमा कुनै कसुर छैन । अझ केन्द्रको बिषयमा प्रदेश सरकारले ढिलासुस्तीले हाल गाउँपालीकाको हरेक काममा कैन्द्रको नाम झुन्डीएको छ । बिशेष सभा बसे नबसेको बैठक पुस्तीका आफै बोल्छ, । बहुमतका साथ गाउँपालिकाको केन्द्रको टुगो लागेको छ ।
अन्तमा हजुरले केहि भन्न चाहनु हुन्छ ?
तपाईको भिजन खबर अनलाइन  मार्फत जुनिचादे गाउपालीले निर्माण गरेका र गर्न लागेका कार्यक्रमहरु सार्वजनिक गरि सबैका बिचमा प्रसारण दिने जुन अवसर गर्नुभयो । म त्यसकालागि तपाँई र तपाँईको पत्रिकालाई म ब्यक्तिगत र जुनिचाँदे गाउपालीकाको तर्फबाट हृदय देखिनै धन्यबाद ब्यक्त गर्न चाहानछु । साथै नया उर्जा हौसलाका साथ जुनिचादे गाउपालीका निर्माणको अभियानमा जुटन सबै जुनिचादे गाउपालीका बासिलाई हार्दिक आवान गर्दछु । जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्दछ गाउका नागरिक पनि हरेक बिकास निर्माणका काममा सचेत हुनुपर्दछ गाउ सभा बाट बिनियोजित बजेट सदुपयोगको लागि सबै सजक रहन समेत म हार्दिक अनुरोध गर्दछु । धन्यबाद