सिद्धान्त र व्यवहार बिच एकता

Visionkhabar
प्रकाशित मितिः सोमवार, अशोज २२, २०७५  || 278 Views   ||   |  

मानिसको सामाजीक व्यवहार उत्पादक क्रीयाकलापसम्म मात्र सिमीत रहदैन । बरु त्यसले अन्य धेरै रुपहरु धारण गर्दछ । जस्तो की वर्गसङ्घर्ष राजनितीक जिवन, बैज्ञानिक तथा कला सम्बन्धी क्रियाकलाप ।

सामाजीक प्राणीको हैसीयत बाट मानिसले समाजको ब्यवहारीक जिवनका सबै क्षेत्रहरुमा भाग लिन्छ । यसरी आफ्नो भौतिक जिवनद्धारा मात्र होईन, आफ्नो राजनितीक तथा सास्कृतिक जिवनद्धारा पनि मानिसले मानिसहरु बिचका बिभीन्न सम्बन्धहरु, भिन्न—भिन्नै मात्रामा जानकारी प्राप्त गर्छ । सामाजिक व्यवहारका यी अन्यरुपहरु मध्य खासगरेर वीभीन्न प्रकारको वर्गसङघर्षले मानिसको ज्ञानको विकासमाथी गहिरो प्रभाव राख्छ । वर्ग समाजमा प्रत्यक व्यक्तीले एउटा खास वर्गको सदस्यको हैसियतबाट जीवन विताउछ र विना अपवाद हर प्रकारको चिन्तनमा एउटा वर्गको छाप लागेको हुन्छ ।

माक्र्सवादीहरुको विचार के छ भने मानिसको सामाजीक व्यबहार मात्र बाह्य संसारबारे उस्को ज्ञानको सत्यता जाँच्ने कसी हो । जव मानिसले सामाजिक व्यवहारको सिलसीलामा इच्छा गरीएका प्रतिफल प्राप्त गर्छ, तब साच्चिकै उसको ज्ञानको सत्यता प्रमाणीत हुन्छ ।

माक्र्सवादीहरुले सधै सिद्धान्त र व्यवहार बिचको एकतालाई जोड दिएका छन । आजसम्मका दार्शनिकहरुले संसारलाई बिभीन्न ढंगले व्याख्या गरे तर प्रमुख कुरा त त्यसलाई परीवर्तन गर्नु हो । यदि सत्य अमुर्त छ भने त्यो असत्य हो ।सबै सत्यहरु मुर्त हुन्छन । आमीले हरेक अस्तीत्वमा रहेका वस्तुहरुलाई तिनमा अन्र्तनिहीत अन्तरर्विराधपुर्ण विकासको दृष्टिकोण ले हेर्नु पर्छ । यध्यपी नेपाली राजजनितीमा सिद्धान्त र व्यबहार बिचको मेल भेटिदैन । साथै नयाँ पुस्ताले पनि यस्को बारेमा खोजिगरेको न्युन मात्रामा देखीनु विडम्वनाको कुरा हो ।

पुस्तान्तरण भएना वा नयाँ पुस्ताले जान्नै चाहेनन् वा त्यस्तो खालको परिवेश नै बनेन । यस्ता खाल्का कुरा आज हाम्रालागी सोचनिय विषय बनेका छन । मलुकको कानुनमै समाजवाद उन्मुख रहने कुराको व्यवस्थागर्ने तर व्यवहारमा त्यस्लाई अंगिकार गर्न समाजवाद के हो ? र किना आवश्यक छ भन्नेकुराको ज्ञान युवापस्तामा नहुने प्रबृतीबाट सिद्धान्त प्रति कती व्यवहारीक छौ भन्ने कुराको अनुमान सहजै गर्ना सकिन्छ । विशेष गरी समाजपरीवर्तनका निम्ति लड्ने जो कोहिका लागी व्यवहार र सिद्धान्त विचको एकतामा राम्रो ज्ञान हुना आवश्यक छ ।

झन् हामी पछिल्लो पुस्ताका युवाहरु राजनिती प्रति चासो त राख्ने तर सैद्धान्तिक पक्षलाई ख्याल नगरी खोक्रो राजनितीज्ञ भनेर आफ्नो अस्तीत्वको अपमान आफैले गरीरहेका छौ । पुरानो संरचनाबाट उब्जीयका नयाँ समाजका उदयमान शक्तीले व्यबहारमा परीवर्तन नल्याए कुनैपनि समयमा पराजित हुने कुरा निश्चीत छ । यो नयाँ समय अनुसार माक्र्सवादको मौलिकतालाई ध्यानमा राखेर सैद्धान्तीक ज्ञान पछिल्लो पुस्तामा पुर्याउन उनिहरुसंग सबैभन्दा निकट सम्बन्ध राख्ने भएकाले हामी विध्यार्थी राजनिती गर्नेहरुले अग्रसरता लिनुपर्ने देखिन्छ ।

सत्ता र सरकार माक्र्सवादलाई अंगिकार गर्नेहरुको हातमा भएको यो समयमा पनि हाम्रा नयाँपुस्तालाइ यो ज्ञान बााँड्न सकिनौ भने भोलि के होला भन्ने अनुमान सहजै गर्न सकिन्छ । वर्तमान कालमा विकास उन्मुख देशहरुले भावि प्रगतीको बाटो रोज्दै छन । ति मध्य कैयौँले सामाजिक प्रगतीको बाटोमा अग्रसर हुने दृढ निर्णय गरीसकेका छन, भने अझ कतिले त समाजवादी विकासको बाटो समेत समाईसकेका छन । हाम्रा आँखा अगाडी महान्तम वैज्ञानीक क्रान्ती चालु छ । मानिसले प्रमाणुको गहिराईमा प्रवेश गरेको छ र त्यसको अगाध शक्तीलाई आफ्नो सेवामा लगाई रहेको छ । तर हामी अझै सिद्धान्त र व्यवहारलाई समायोजन गर्न सकेका छैनौँ ।

अतः आज पुँजिवाद विश्व वाट पतनको बाटोमा छ । र यस्लाई पराजित गर्न अति आवश्यक छ । त्यसका लागी समाजवाद प्रतिको वुझाई र यसका सैद्धान्तिक तथ्यहरुलाई अध्यन गर्न जरुरी छ ।माक्र्सवादको विजयले मानव इतिहासमा नयाँ र भिन्न आयाम कोर्न मदत पुग्ने छ । र यसलाई ध्यानदियर हेर्दा माक्र्सवादीहरुको एउटा सुन्दर सपना समाजवा हो, र यसले नेपाली राजनिती,अर्थतन्त्र र संस्कृतीमा देखिएका समस्याहरुका जटिल्ता पहिल्याई समाधान निकाल्न सक्छ ।यो वास्तविकताको विश्लेषण गर्ने एउटा बैज्ञानिक माध्यम हो । हाम्रो दैनिक जीवनका भीन्न—भिन्न घटनाक्रम,तथ्यहरु र प्रक्रियाहरु भित्र भइरहेका कुराको गुदि पहिल्याउने वैत्रानिक पद्धतीनै माक्र्सवाद भएकाले माक्र्सवादको सिद्धान्त प्रतिको अध्यनलाई नयाँ पुस्ताले बढावा दिनु जरुरी छ ।

लेख : अध्यक्ष-अखिल (क्रान्तिकारी)जाजरकोट