प्रशासनले गर्याे बजारमा अनुगमन ,दर्ता बिनै चल्छन अधिकांस पसल ?

Visionkhabar
प्रकाशित मितिः बुधबार, अशोज १७, २०७५  || 383 Views   ||   |  

जाजरकाेट,१७ असाेज ।  हिन्दुहरुको महान चाड बिजयादशमी तथा शुभ दिपावली नजिकिय संगै  जिल्ला प्रशासन कार्यालय जाजरकाेटले बजार अनुगमन सुरूगरेकाे छ । चाड पर्वलाइ लक्षित गरी कार्यालयले मंगलवार जिल्ला सदरमुकामकाे  खलंगा बजारकाे तल्लाे थाप्ले बाट अनुगमन सरू गरेकाे हो ।

जिल्ला सदरमुकाम समेत अबैधानिक पसलहरू सञ्चालनमा रहेकाे र उपभाेग बस्तुमा उपभाेत्ताहरूले चर्काे मुल्य तिर्न बाध्य भएकाे भन्दै मंगलवार खलंगा बजारमा रहेका पसलहरु जिल्ला प्रशासन कार्यालयले अनुगमन गरिएकाे प्रमुख जिल्लाअधिकारी ललित कुमार बस्नेतले जानकारी दिए  ।

जिल्ला प्रशासन कार्यालयको अगुवाईमा गरिएको पसल अनुगमनमा जिल्ला प्रहरी कार्यालय, उद्योगबाणिज्य संघले साथ दिएका छन् । मंगलवार ५० वटा पसल अनुगमन गर्दा १० वटा पसल दर्ता भएको र ४० वटा पसल दर्तानै नगरि सञ्चालन गरिरहेको फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रशाद खतिवडाले जानकारी दिए । त्यसैगरि पसल अनुगमनका क्रममा बिक्रि गर्नका लागि पसलमा राखिएका तर, म्याद गुर्जिएका बोतलको पानी र कुरमुरे लगाएतका सामानहरु बरामत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खतिवडाले वताए ।

त्यसैगरि सवारी साधनको पनि अनुगमन गरिएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ । क्षमता भन्दा बढि यात्रु र सामान बोक्ने ११ वटा सवारी साधनलाई जरिवाना गरि ५ हजार ५ सय राजस्व संकलन गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत प्रहरी निरिक्षक ईन्द्रजीत सुनारले जानकारी दिएका छन् ।