भ्रष्टाचार मुक्त गाउँपालिका बनाउने हाे ः अध्यक्ष केसी

Visionkhabar
प्रकाशित मितिः शनिबार, साउन २६, २०७५  || 386 Views   ||   |  

 कृष्ण बहादुर केसी जुनिचाँदे गाउँपालिकाका अध्यक्ष

कर्णाली प्रदेशअन्तर्गत जाजरकोट जिल्लाको पश्चिमा पर्ने जुनिचाँदे गाउँपालिका उद्योग, जलश्रोत, पर्यटन र कृषिको विकासका सम्भावना बोकेको प्राकृतिक सुन्दरताले भरिपूण आर्थिक तथा सामाजिक पर्यटन विकास र समृद्धिको प्रचुर सम्भावना रहेको स्थानीय तह हो । कृषि उद्योग, जलश्रोतको र खानीको प्रचुर सम्भावना बोकेको यस गाउँपालिकामा यहाँ रहेका काईनाइट खानि जंगल,जडिबुटी , मजकोट खोला पानीको सदुपयोग गर्न सकेको खण्डमा कर्णालीका स्थानीय तहमध्येकै उत्कृष्ट स्थानीय तह बन्न सक्ने सम्भावना छ । यस गाउँपालिकाको सामाजिक, आर्थिक र पूर्वाधारको विकास गर्न तथा अन्य कार्यक्रमहरू सञ्चालन गर्न विभिन्न नीतिगत, प्राविधिक, कर्मचारी जनशक्तिको अभावसँग जुध्दै गाउँपालिकाले विभिन्न ऐन, कानुन, कार्य्विधि दोस्रो बिशेष गाउँसभा बाट पारित गरिसकेको छ । जिल्लाका ७ वटा स्थानीय तहमध्ये स्थानिय सरकार बाट बिभिन्न कानुन निर्माण गरि कार्यान्वयनको चरणमा रहेको एक जुनिचाँदे गाउँपालिका पनि हो । विगतका एक वर्षको राम्रो र नराम्रो अनुभवबाट मार्ग निर्देशित हुदैे भोग, रोग, गरिवि र भौगोलिक विकटताबाट ग्रसित भई चिनिने यस जुनीचाँदे गाउँपालिकालाई समृद्ध बनाउनको लागि आर्थिक बर्ष ०७५÷०७६ को नितितथा कार्यक्रमहरु पनि प्रस्तुत गरिसकेको छ । गत वर्षको बैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा यस गाउँपालिकाको अध्यक्ष पदमा तत्कालीन नेकपा माओवादी केन्द्र बाट २ हजार ७ सय ७० मतका साथ गाउँपालिकाको अध्यक्षमा कृष्ण बहादुर केसी निर्वा्चित भएका छन् । प्रस्तुत छ जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीसँग भिजनखबरकर्मी रेशम बहादुर खडकाले गरेको कुराकानी।
१. तपाई जुनिचाँदे गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएको एक बर्ष पुरा भयो ” गाउँपालिका समृद्धिकोलागि कस्ता योजना बनाउनु भएको छ ?
जुनिचाँदे गाउँपालिकाका बिभिन्न ठाउँमा मध्यपश्चिमकौ सबै भन्दा ठुलो काईनाइट खानिहरु जुनिचाँदे गाउँपालिकाको दहमा छन । अहिले सबै खानिहरु बन्द छन यस्ता खानिहरु बाट निकासि हुने बहुमूल्य रत्न पथर काईनाइट तुर्माली जस्ता बहुमुलय पथरहरु स्थानिय स्थरमा उत्पादन मुखि बनाउने मुख्य योजना बनाएको छु । आर्थिक तथा सामजिक असमानता र विभेद अन्त्य गर्दै आत्मा निर्भर गाउँपालिका वनाउने योजना लिएको छु । गाउँपालिका बासिहरुले सहज जीवनयापन र समुन्नत गाउँपालिका निमार्णका लागी आवश्यक भौतिक पूर्वाधारको विकास र विस्तार गर्ने । मानव अधिकारको संरक्षण तथा सामाजिक न्यायको प्रबद्र्धन गदै शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा नागरिकको सहज पहुँच स्थापित गरी दक्ष जनशक्ति उत्पादन गरी प्रभावकारी रुपमा परिचालन गर्ने ।

सर्बप्रथम म यस गाउँपालिका अध्यक्षको हैसियतले जुनिचाँदे गाउँपालिका भ्रष्टाचार मुक्त गाउँपालिका बनाउने योजनाका साथ हामी योजनाको प्रोफाईल बनाउने, नितिगत काम गर्दैछांै र स्थानीय सरकार सञ्चालनको लागि आगामी हिउदे अधिवेशनबाट केहि नीति ऐनहरु पारित गरेका छाै । आन्तरिक राजश्वको लेखाजोखा चार वर्षसम्म काम गर्ने आवधिक योजना बनाएका छाै । गाउँ सभाबाट बिनियोजित बजेटमा तोकिए अनुसारका कामहरुलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्दै जानेछौं । कृषि, स्वास्थ्य, शिक्षा, वन, वातावरण, यातायात, खेलकुद, साँस्कृतिक सम्भावनाका क्षेत्रमा दीर्घकालिन गुरुयोजना निर्माण, मौलिक सुधार कार्यक्रम सञ्चालन हुने छन् ।। नयाँ सँरचनामा जन प्रतिनीधिले निर्वाह गर्ने जनपक्षिय कार्यशैली र कार्यक्रमले जनतामा परिवर्तनको नौलो अनुभुति हुनेछ । यस अर्थमा जुनिचाँदे गाउँपालिकाले साँच्चिकै सिंह दरवारको अधिकार गाउँ गाउँमा गएको अनुभुत जनतालाई गराउन पर्याप्त सहयोग गर्छ भन्ने मलाई लाग्छ ।

वालमैत्रीपूर्ण वातावरणमा वालवालिकाले सिक्ने थलोका रुपमा विद्यालयहरुको विकास र विस्तार प्रत्येक वडाहरुमा कम्तिमा एउटा नमूना विद्यालय कृषिको व्यावसायीकरणलाई प्रोत्साहन गदै आवश्यक अनुदानको व्यवस्था , गाउँपालिका वडा कार्यालयको व्यवस्थापन, स्रोत साधन व्यवस्थापन र कर्मचारी पदपूर्ति गर्न आवश्यक पहल गर्ने, वनजंगलको संरक्षण गरी हरियाली जुनीचाँदेका रुपमा विकास ,भ्रष्टाचार नियन्त्रण, जनमुखी प्रशाशन र सुशासन यूक्त गाँउपालिका निर्माण गर्ने गाउँपालिकाले लगाउने र उठाउने पाइने कर तथा गैर कर, राजश्वका क्षेत्रहरुको पहिचान, संकलन, व्यवस्थापनमा नीजि क्षेत्रहरु सँग सहकार्य गर्दै आन्तरिक र वाह्य श्रोतहरुको पहिचान परिचालन उपलब्ध श्रोतहरुको अधिकतम प्रयोग गर्न जोड दिइनेछ लगाएतका मुख्य योजनाहरु बनाएका छौ ।

२.तपाईं निर्वा्चित भएको एक वर्षको अवधिमा गरेका महत्त्वपूर्ण काम केके हुन ?
हामी गाउँपालिकामा निर्वा्चित भएर आइसकेपछि सबैभन्दा पहिला हामीले जुनिचाँदे गाउँपालिकाको प्रशासनिक केन्द्रको टुगो लगाउनु पर्ने थियो । करीब एक बर्षको अवदिमा जनप्रतिनिधिहरुको बहुमतका साथ हामि गत बैशाख ३० गतेको बिशेष सभावाट गाउँपालिकाको प्रशासनिक केन्द्र जुनिचाँदे गाउँपालिका वडा न ४ लुहादहमा टुगो लगाउन सफलभयौ । त्यसपछि कानुन निर्माण गर्नुपर्ने थियो । हाम्रो दोस्रो काम कानुन, ऐन नियम निर्माण गरेर राजपत्रमा प्रकाशन गर्नको लागि पठाएका छौ । सोहीअनुसार कार्य सुरुवात गरीरहेको छ । सबैभन्दा पहिला गाउँपालिकाभित्र शिक्षा क्षेत्रको गुणस्तर वृद्धि गर्नुपर्ने देखिएको थियो। हिजोका दिनमा जसरी विद्यालय खोलिएका थिए, विद्यार्थीहरू नभएका तर राजनीतिक आस्थाको आधारमा खोलिएका विद्यालयको स्थिति र शिक्षाको गुणस्तर कमजोर रहेको हामीले पायौँ । गाउँपालिकाभित्र शिक्षाको स्थिति परीक्षण गर्नका लागि कक्षा ८ को परीक्षालाई व्यवस्थित ढंगले चलायौँ । त्यसबाट हामीले विद्यालय र विद्यार्थीको अवस्था एकदम कमजोर देख्यौँ। त्यसलगत्तै गाउँपालिकाभित्रको गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि बिद्यालय मर्ज कार्यलाई अगाढि बढायका छौ । मुख्य योजनाम रहेको १ सय किलोवाट मजकोट खोला जलबिधुत आयोजनाको काम सञ्चालन , भएको छ । गाउँपालिकाका ६ वटा वडाहरुमा हिउँदको समयमा सहजै आवतजावत गर्नको लागि सडकको काम सम्पन्न भयो र अन्य ५ वटा वडाहरुमा काम जारी छ । गाउँपालिका र वडा कार्यालयको व्यवस्थापन, श्रोत साधन व्यवस्थापन, बस्ती तथा टोल स्तरिय भेला, वडा समिति बजेट तथा कार्यक्रम तर्जुमा समिति हुँदै सहभागितामुलक तरिकाले आएका योजना÷कार्यक्रमहरुलाई प्राथमिकता दिई महत्वपूण बिकास निर्माणका कामहरु सम्पन्न भयो ।

३. आगामि आ.व म कृषि तथा पशुपालनका लागि के कस्ता योजना छन ?
असार १० मा सम्पन्न भएको गाउँ सभा बाट जुनिचाँदे गाउँपालिका कृषि तथा सशुपालन क्षेत्रमा स्थानीय कृषि व्यवसाय प्रवद्र्धन ऐन र नियमालीको निमार्ण गरि कार्यान्वयन गरिर्ने ,“अर्गानिक खेतीमा वृद्धि, जुनीचाँदेको संवृद्धि” भन्ने नारालाई साकार तुल्याउन रैथाने प्रजातिका कृषि बाली तथा पशुपन्छीको संरक्षण र प्रवर्धन गदै अर्गानिक उत्पादन र उत्पादकत्व वृद्धिको लागि जुनीचाँदे अर्गानिक कृषि विषेश कार्यक्रमलाई प्राथामिकता दिने ,स्वच्छ एवं गुणस्तरीय पशुपन्छी जन्य उत्पादनका माध्यमबाट जुनीचाँदे गाउँपालिकालाई खाद्य तथा पोषणमा आत्मनिर्भर बनाउन उन्नत नश्ल, पशु स्वास्थ्य, पशु आहारा तथा उत्पादित पशुजन्य पदार्थ तथा बस्तुको बजारीकरणका गर्ने पशुपन्छी उत्पादक कृषक, समुदाय, सहकारी संस्था एवं नीजि उद्यमीहरूको प्रतिस्पर्धी क्षमता वृद्धिगर्दै पशुपन्छीको उत्पादन र उत्पादकत्व वृद्धि गर्न एकीकृत रूपमा प्राविधिक, वित्तीय तथा अन्य सेवा उपलब्ध गराउने एक घर एक करेसाबारी कार्यक्रमलाई प्रभावकारी बनाउन जुनीचाँदे गाउँपालिकाको प्रत्येक वडाका घरहरुमा कार्यक्रम सञ्चालन गरी अध्यक्ष उत्कृष्ट कृषक पुरस्कार प्रदान गर्ने गाउँपालिका क्षेत्र भित्र पशुपालन, कृषिमा आधुनिकरण गरी कृषि उत्पादनबढाउने कार्यमा जोड दिने ,माटो परिक्षण कार्यक्रमलाई पुनः निरन्तरता दिन, कृषि उत्पानलाई बढुवा दिन हावापानी सुहाउदो आवश्यक मल, बीऊ विजन खरिद गरी वितरण गर्ने ,एक गाउँ एक नमुना पकेट क्षेत्रका रुपमा (जस्तैः स्याऊ, सुन्तला, ओखर, टिमुर, अलैची, किवी,वाख्रापालन,भेडापालन,भैसीपालन,कुखुरापालन) पकेट क्षेत्र घोषणा गरि श्रोतकेन्द्रको रुपमा बिकास लगाएतका योजनाहरुलाई जुनिचाँदे गाउँपालिकाले कृषि तथा पशुका लागि मुख्य प्रथामिक्ताका साथ योजना बनाएका छौं ।
४. एक बर्षसम्म गाउँपालिकाको प्रशासनिक केन्द्र तोक्ने कुराम बिवाद सृजना भयो । तर अन्तमा आएर बिशेष सभा नबसेर पैसाको भरमा गाउँपालिका तोक्नु भयो भन्ने केही ब्यत्तिहरुले आरोप लगाएका छन के साचो हो ?
यो सबै झुट हो गाउँपालिका भित्र रहेका ११ वटा वडाहरुमा ८ ओटा वडा लुहादहको समर्थनमा र ३ ओटा वडा लुहादहको बिपक्षमा रहेकाले बिपक्ष्य हरुले कुरा काटनु स्वभाबिक हो । बिशेष सभा बसेनबसेको बैठक पुस्तीका आफै बोल्छ, जन्तालाई उचालेर आफनो राज्नीति यात्रा तय गर्ने नियत बाहेक अरुकुनै होइन । बहुमतका साथ गाउँपालिकाको केन्द्रको टुगो लागेको छ ,यो बिषयमा अनावश्यक गित गाउँनु पर्ने त म खासै देख्दीन केन्द्रको बिषयलाई लिएर सामाजिक सञ्जालमा गरेको दुरबेवार प्रति म असाध्य दुखि छु । बिकास निर्माणमा बाधागर्न कोहि कसैलाई अधिकार नभएकोले बिशेष गाउँसभा बाट बहुमतले केन्द्रको टुगो लागेको छ कुनै यसमा दुई मत छैन ।
५. गाउँपालिका भित्र महत्वपूर्ण पर्यटन क्षेत्रहरु रहेका छन आगामि आ.ब मा पर्यटन तथा उद्योगमा कस्ता योजनाहरु समेटनु भएको छ ?
हामिले जुनिचाँदे गाउँपालिका भित्र रहेका पर्यटन तथा उद्योग क्षेत्रलाई निति तथा कार्यक्रममा समाबेस गरिएको छ ।“जुनीचाँदे समृद्धिको आधार, पर्यटनको विकास र भौतिक पूर्वाधार” निर्माण भन्ने नाराका साथ हाम्रो जुनीचाँदे गाउँपालिकामा रहेका मुख्य पर्यटकिय स्थल, जुनी बस्ती, चाँदे हिमाल, भैरी चाल्ले नागढुगां देउराली पाथीभरा भ्युटावर, नदाईडाब लगायतका पर्यटकीय स्थलको सम्भाव्यता अध्ययन गरि पर्यटन प्रवद्र्धृन गर्ने उद्यमशिलताको विकास गर्न आयमुलक रोजगारीका कार्यक्रम सञ्चालन गरी महिला , दलित, जनजाति आदिवासी, पछाडी परेका जनसमुदायलाई लघु उद्यममा सहभागीता गर्ने साथै खनिज उधोग स्थापनाको लागि पहल एवं प्रोत्साहित गर्ने परम्परागत सिप र पेसालाई आधुनिकिकरण गर्नको लागि बिभिन्न सिपमुलक लालिमहरुको आयोजना गरिने ब्यबसथा मिलाउने गाउँपालिकामा रहेका लघु उद्यमीहरुलाई थप स्तर उन्नती गर्नको लागि आवश्यकतामा आधारित प्रबिधि हस्तान्तरण लगाएतका कार्यक्रमलाई योजनाम समेटेका छौ ।

६ स्वास्थ्य शिक्षा क्षेत्रमा कस्ता योजनाहरु बनाउनु भएको छ ?
हामिले जुनिचाँदे गाउँपालिकाम “बालबालिकाहरुलाई विद्यालय ल्याऔ, टिकाऔं र सिकाऔं” भन्ने मुल ध्येयका साथ प्रत्येक वडाहरुसँग आवश्यक समन्वय र सहकार्य गर्ने, जुनीचाँदे गाउँपालिका भित्र सञ्चालनमा रहेका विद्यालयहरुलाई दुरीका आधारमा एकआपसमा गाभ्ने र आवश्यकता भएका विद्यालयमा दरबन्दी सिर्जना गर्ने, ३ देखि ४ वर्ष उमेरका बालबालिकाहरुका सर्वागिण विकासका लागि आधा घण्टाको दुरीमा बालविकास केन्द्र स्थापना गरी बालमैत्री कक्षा कोठा भित्र सिकाई वातावरणको सिर्जना गर्ने, प्रत्येक वडामा एउटा नमूना विद्यालय बनाउनको लागि आवश्यक बजेट बिनियोजन, जुनीचाँदे गाउँपालिकालाई पूर्ण साक्षर गाउँपालिका बनाउने गाउँपालिका भित्र सञ्चालनमा रहेका सिकाई केन्द्रहरुलाई साधन सम्पन्न बनाई सूचना केन्द्रको रुपमा बिकास गने बिद्यालयको भौतिक पूर्वाधार बिकासका कार्यक्रम सञ्चालन लाई प्रभावकारी बनाउने गाउँपालिका भित्र सञ्चालनमा रहेका बिद्यालयहरु मध्ये सबैभन्दा बढि सिकाई उपलब्धी हासिल गराउने बिद्यालयलाई पुरस्कृत गर्ने तोकिएको न्यूनतम सिकाई उपलब्धी हासिल गराउन नसक्ने बिद्यालयहरुलाई गाउँपालिका बाट दिइने अनुदानमा कटौति गर्ने,पूर्ण सरसफाई कार्यक्रम बिद्यालय क्षेत्र भित्र अनिवार्य गराउन गाउँपालिका भित्र सञ्चालनमा रहेका संघ संस्थाहरु संग समन्वय गर्ने बिद्यालय बाहिर रहेका १ सय ३९ जना बालबालिकाहरुलाई विद्यालय भित्र ल्याउन पोसाक र स्टेशनरीको व्यबस्था गरिने प्रत्येक बिद्यालयमा एक फुलवारि एक खेल मैदान अनिवार्य रुपमा बनाउने ब्यबस्था स्वच्छ नागरिक सफा सुगर गाउँपालिका भन्ने मुल ध्ययका साथ जनताको जीवनसँग जोडिएको आधारभुत स्वास्थ्य सेवालाई भरपर्दो जनमुखी र प्रभावकारी बनाउन निति निर्माण गर्ने गाउँपालिकाको सबै वडामा स्वास्थ्य केन्द्र, स्वास्थ्य इकाई स्थापना गरी संचालन तथा विस्तार गर्ने गर्खाकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तर उन्नती गरि १५ शैयाबाट २५ शैया बनाउन आवश्यक पहल गर्न जुनीचाँदे गाउँपालिकको ७, ८ र १० को वीचमा १५ शैयाको अस्पताल स्थापनाकागर्ने स्वास्थ्य क्षेत्रमा कार्यरत महिला स्वयम सेविकाहरुको योगदान र भूमिकाको उच्च कदर गदै प्रोत्साहन स्वरुप वार्षिक ५००० (पाँच हजारका दरले) प्रोत्सान भत्ता बितरण गर्ने जुनीचाँदे गाउँपालिका पूर्ण खोप मुक्त घोषण भइसकेको सन्दर्भमा यसलाई थप निरन्तरता दिइनको लागि गाउँ परिषदबाट बिशेष निति तथा कार्यक्रममा समाबेस गरिएको छ ।

७ .अन्तमा हजुरले केहि भन्नुछ ?

तपाईको भिजन खबर अनलाइन मार्फत जुनिचाँदे गाउँपालिकाले निर्माण गरेका र गर्न लागेका कार्यक्रमहरु सार्वजनिक गरि सबैका बिचमा प्रसारण दिने जुन अवसर गर्नुभयो । म त्यसका लागि तपाँई र तपाँईको अनलाइन पत्रिकालाई म ब्यक्तिगत र जुनिचाँदे गाउँपालिकाको तर्फबाट धन्यबाद ब्यक्त गर्न चाहान्छु । साथै नयाँ उर्जा हौसलाका साथ जुनिचाँदे गाउँपालिका निर्माणको अभियानमा जुटन सबै जुनिचाँदे गाउँपालिका बासीलाई हार्दिक आव्हान गर्दछु । जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनु पर्दछ गाउँपालिकाको नागरिक पनि हरेक बिकास निर्माणका काममा सचेत हुनुपर्दछ । गाउँ सभाबाट बिनियोजित बजेट सदुपयोगको लागि सबै सजक रहन समेत म हार्दिक अनुरोध गर्दछु । यस गाउँपालिकाको बिकासको लागि सम्बन्धित सरोकारवाला सबैलाई जुनिचाँदे गाउँपालिकाका योजना कार्यान्वयनका लागि सकारात्मक र रचनात्मक सल्लाह सुझावसहित सहयोग गरिदिनुहुन अनुरोध गर्न चाहन्छु । धन्यबाद ।।