जाजरकाेटमा पहिराे जाँदा दुई घर पुरीए, यसरी हुदैछ उद्धार, भिडियाेमा हेर्नुहाेस्

visionkhabar
प्रकाशित मितिः आइतवार, साउन २०, २०७५  || 669 Views   ||   |  

जाजरकोट । जाजरकोटको सदरमुकाम खलंगा बजार नजिक पहिरो जाँदा २ घर पुरिएका छन्। पहिरोमा परि ३ बालवालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिरोमा परी तिर्थ बोहोरा र गोपाल  सुनारको घर पुरिएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक इन्द्रजित सुनारका अनुसार बोहोराको घरमा पुरिएका तीन बालबालिकाको शव बाहिर निकालिएको हो। अझै एक जना पुरिएको अवस्थामा उद्धार भइरहेको छ।

यस्तै सुनार घरमा पनि तीन जना बालबालिका पुरिएको हुनसक्ने प्रहरी निरिक्षक सुनारले जानकारी गराए।

घटनास्थलमा उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली खटिइएको छ। घटनाको थप विवरण आउन बाँकी छ ।

हेर्नुहाेस भिडियाे ।।