गाविस अध्यक्षसम्म हुन्छु सोचेको थिए मन्त्री भए  मन्त्री बुढा  ?

Visionkhabar
प्रकाशित मितिः बिहिबार, असार ७, २०७५  || 465 Views   ||   |  

नन्दसिंह बुढा (मन्त्री)

उद्यो पर्यटन वन तथा वातावरण मन्त्रालय कर्णली प्रदेश

मलाई २०६३ सालमा क्रियाशिल रुपमा पार्टीको सदस्यता लिएकै दिन जिल्ला कार्यसमितिको सदस्यमा ल्याईयो र सचिवालय सदस्य जिम्मेवारी दिईयो यसलाई नै मैले राजनितिको औपचारिक सुरवातको रुपमा लिएको छु उनले भने ।त्यपछि उनको राजनितिक यात्रा अझ शसक्त भएर अगाडी बड्यो ।पार्टीमा शसक्त भएर लाग्दै गर्दा २०७० मा अबिधेशनबाट म जिल्ला कमिटिमा पार्टी सचिवमा निर्वाचित भए ।

कुनै कामको सुरुवात गरेपछि सफलतानै मिल्छ भन्ने छैन,तर जीवन सफल पाउनकालागि मान्छेले थुप्रै त्याग र बलिदान पनि गरेको हुन्छ ।त्यसैले भनिएको होला जीवन नै संघर्ष,संघर्ष नै जीवन हो ।जीवनमा सफलता पाउन मान्छेले अनेकौँ संघर्षका सिँडीहरु पार गर्नु पर्दछ्,अनि मात्र मान्छे सफल हुन्छ ।हिमाली जिल्ला डोल्पामा जन्मेका नन्दसिँह बुढा कर्णाली प्रदेश सरकारका मन्त्री हुन ।उनले उद्योग पर्यटन तथा बन मन्त्रालय समालेका छन् ।उनको जन्म २०३२ साल बैशाख पन्ध्र गते साविकको दुनै गाविसमा पर्ने तिप्ला गाँउमा भएको हो ।छोटो समयमै ठुलो सफलता हात पार्न सफल मन्त्री बुढाको औपचारीक राजनितिक यात्रा २०६३ सालमा सुरु भएको थियो ।उनीसँग २०४८ तीर तत्कालिन एमालेबाटै बिद्यार्थी राजनिति गरेको समेत अनुभव छ ।उनी सानै देखि चलाख र सामाजिक कार्यहरुमा अग्रसर थिए ।नेतृत्वगर्न रहर लाग्थ्यो उनलाई ।

उनले सामाजिक क्षेत्रका थुपै्र कामहरु गरेपनि २०५२ सालमा औपचारिक हिसाबमा देउराली युवा क्लबको स्थापना गरेर पछि अझ धेरै सक्रिय भएको बताए ।गाविसमा रहेका सम्पुर्ण युवाहरुलाई संगठित पारेर युवा क्लबको स्थापना गरे ।क्लबले गाँउको सरसफाई देखि मदिरा नियन्त्रणगर्ने समेत गर्ने कामको सुरुवात ग¥यौ ।क्लबले जिल्लामा आयोजनाहुने विभिन्न खेलहरुमा भागलिन थाले ।बिस्तारै क्लबको कामको प्रशंसाहुन थाल्यो ।त्यतिखेरै क्लबको नाममा एक रोपनी जग्गा समेत पास गराएको उनले बताए । ।क्लबको अक्ष्यक्ष भएर राम्रोकाम गरेरकै कारण २०५४ सालको चुनावमा एमालेबाट गाविस अध्यक्षको टिकेट दिने सल्लाह भयो ।सबैले जित्ने बिश्वास गरेपछि म खुशी त भए तर मेरी पारिपारीक असहमतीका मेरो अपरिपक्कताका कारण त्यो अवसर जुरेन मन्त्री बुढाले ।

२०५५ नर बहादुर बुढा सहित एमालेमा प्रवेश ग¥यौ ।त्यो भन्दा अघिल्लो चुनावमा राप्रपामा भोट हालेपनि सदस्यता नलिएको बताए । त्यसपछि २०५८ सालमा एमाले निकट कर्मचारी संगठनमा जिल्ला कार्यसमिति सदस्य भए । त्यसपछि अझ शसक्त भएर लागे । मलाई २०६३ सालमा क्रियाशिल रुपमा पार्टीको सदस्यता लिएकै दिन जिल्ला कार्यसमितिको सदस्यमा ल्याईयो र सचिवालय सदस्य जिम्मेवारी दिईयो यसलाई नै मैले राजनितिको औपचारिक सुरवातको रुपमा लिएको छु उनले भने ।त्यपछि उनको राजनितिक यात्रा अझ शसक्त भएर अगाडी बड्यो ।पार्टीमा शसक्त भएर लाग्दै गर्दा २०७० मा अबिधेशनबाट म जिल्ला कमिटिमा पार्टी सचिवमा निर्वाचित भए ।त्यसपछि जिल्ला कमिटीको माथिल्लो पदमा म पुगिन् ।२०७४ मंसिर १० को चुनावमा डोल्पा प्रदेश क्षेत्र नं क बाट टिकेट पाए ।यो मेरो सफलताको खुड्कीलो थियो ।जनताको बिश्वास र मायाले प्रदेश सांसदमा बिजय भए ।अहिले मन्त्री भएको छु ।यो सफलतालाई मैले त्याग र भाग्को उपजको रुपमा लिएको छु ।
राजनितिको भुतले जागिर छाडे 
म सामाजिक कार्यसँगसँगै जागिर र ब्यापार पनि गर्थे ।दुनैमा रहको घरमा होटेल र पसल पनि गर्थे ।उनी स्वास्थ्य कार्यलयमा ल्याब असिस्टेन्टका अस्थायी जागिरेपनि थिए।तर पार्टीको सदस्य लिएरमात्र हुँदैन पार्टिमा अरुभन्दा क्रियाशिल पनि हुनपर्छ भन्ने सोचे ।पार्टीमा लागिसकेपछि झोले कार्यकता मात्रै सफल हुने अठोट पनि गरेको थिए ।उनका बुवा गाविस सचिव थिए ।बुवालाई पनि चुनाव आएको बेला सक्रिय हुनुहुन्थ्यो ।आमा पनि गाँउमा महिलाहरुको नेतृत्वनै गर्नुहुन्थ्यो यसले पनि अन्य कामभन्दा मलाई राजनितिगर्न सहज बनाएको थियो ।पारिवारीक पेरिफेरीबाटै सुरु भएको राजनितिक यात्रालाई सफलताको शिखरमा पु¥याउन जागिर पनि छाडेँ ।२०६३ पछि पार्टीमा शसक्त भएर फुलटाईम काम गर्नकैलागि खाईपाई आएको जागिर छाडेकु थिएँ उनले सम्झे ।त्यसपछि पार्टीको कामलाई अझ समय दिएर कामगर्न थाले ।
लोकसेवामा चारपटक बैकल्पिक
राजनितिमा सक्रिय हिसावमा लाग्नु अगाडी स्वास्थ्यको जागिरमा स्थाईहुन पनि प्रयास गरेको हुँ तर सफल भईन् ।जुम्ला लगाएत विभिन्न ठाँउबाट पाँच पटक लोकसेवा पनि दिँए तर भाग्यले दिएन् ।चार पटक त बैकल्पिकमा मात्रै नाम निस्क्यो ।त्यतिखेर साह्रै मन खिन्न भएको थियो ।नजिकैको सफलता पनि आफुले पाउन नसकेको महशुस भयो उनले भने ।सायद यही सफलता पाउनु थियो होला चार चार पटक लोकसेवामा नाम निस्केर पनि बैकल्पिकमा परेको ।त्यतिखेर लोकसेवामा नाम निस्केको भए यो सफलता मिल्ने थिएन् होला ।अहिले धेरै नै खुशी छु ।
धेरै ठुलो सोच थिएन् ।पार्टीको सदस्यता लिएर अगाडी बडेको मान्छे गाविस अध्यक्षसम्म हुन्छु सोचेको थिए ।तर त्यसमा मात्रै सिमित भईन गाँउ,जिल्लाहुँदै यो स्थानमा आईपुगे ।यो सफलताई मेरो त्याग र भाग्यको उपजको रुपमा दिएको छु ।
देबदारको तेल ब्यापार

घर परिवारले अस्थायी शिक्षक जागिर खुवाउने प्रस्ताब गरेका थिए तर अस्विकार गरे ।काठमान्डौ पढ्न आए ।चारबर्ष काठमान्डौमै बसे ।त्यतिखेर पन्ध्र महिने ल्याब असिस्टेन्टको तालिम सिके ।त्यसपछि पनि डोल्पा गईन् ।बरु ब्यापार तिर लागे ।काठमान्डौमै चिनजान भएका नेवार मुलका दाईसँग सल्लाह गरेर देबदारको तेल ब्यापार गरियो ।डोल्पाबाट देबदारको तेल निर्यात गर्नेगरी उद्योग दर्ता गरे ।डोल्पाबाट जिल्ला बाहिर तेल पठाउन थालियो ।देबदारको तेलले राम्रै बजार लियो ।पशुहरुपर्ने,जुम्रा,जुका चुर्ना मार्ने उपिया मार्ने काम प्रयोग भयो ।यसको बजार चितवन,बिरगञ्ज,नवलपरासि लगाएतका जिल्लामा पठाउने गरियो ।एक डेढबर्ष यसरीनै बिताईयो ।त्यपछि २०६१ सालमा डोल्पा फर्के ।त्यपछि स्वास्थ्यका जागिर सुरु गरेको हुँ ।युवा क्लब स्थापना गरेकै कारण त्यतिखेर मलाई जिल्ला एनजिओ महासंघको अध्यक्ष समेत बनाईयो ।त्यसपछि सदरमुकाम दुनैमा रहेको सरस्वती उमाविको बिव्यस अध्यक्ष भएर कामगर्ने अवसर पनि पाएँ ।झन्डै दुई कार्यकाल अध्यक्ष भएर चलाए ।
हिमाली चिडियाखानाको अध्ययन सुरु गर्छौ
मलाई पदको कुनै घमण्ड छैन् ।डोल्पाली जनाताले मलाइ यो स्थानमा पु¥याएकाहुन् ।भोली जनताले चाहेभने यो स्थान पनि नरहन सक्छ ।अव कर्णाली प्रदेशको बिकासमा अहोरात्र लाग्नेछु ।म डोल्पाको मात्रै मन्त्री होईन दश जिल्लाको मन्त्री हुँ ।सबै ठाँउको बिकास गर्नुछ ।प्रचुर मात्रामा रहेको कर्णाली प्रदेशको पर्यटकिय क्षेत्रको सदुपयोग गर्नु प्रदेश सरकारको दायित्व हो ।कर्णाली रहेको बेरोजगारी हटाउनुका साथै यहाँको शिक्षा,स्वास्थ,यातायात र संञ्चारको बिकासकालागि प्रदेश सरकार गम्भिर छ ।जलबिद्युतको अथाह सम्भावना बोकेको कर्णाली प्रदेशका नदिनालाहरुबाट बिद्युत उत्पादनकालागि लगानी भित्रयाउन पनि सरकार प्रतिबद्ध छ ।कर्णाली प्रदेशको मुख्य आर्थिक स्रोत उपार्जनका क्षेत्र जलबिद्युत र पर्यटनहुन ।यसको बिकासबिना कर्णाली प्रदेशको समृद्धी समभव छैन् ।

र माथि उठाउनु प्रदेश सरकार लागिरहेको छ ।हिमाली चिडियाखाना स्थापनाकालागि सम्भाव्यता अध्ययन गर्ने लागेको छु ।कर्णाली भन्ने बित्तिकै रमणीय र लोपोन्मुक बन्यजन्तु र जडिबुटी पाईने ठाँउ सम्झनछन् ।तर पछिल्लो समयमा विभिन्न कारणले यस्ता दुर्लभ बन्यजन्तु र जडिबुटीहरु लोपहुँदैछन् ।कर्णाली प्रदेशमा पर्यटक भित्रयाउने आधारशिला र यि अमुल्य सम्पदा र प्रचारकालागि हिमाली चिडियाखाना निर्माण गर्ने अवधारण ल्याएको छु ।कर्णालीका दशवटै जिल्लामा पाईन दुर्लभ बन्यजन्तु,जडिबुटीहरुको अवलोकन गर्न पाईने छ यसले कर्णालीलाई हिमाली चिडियाखाना भएको प्रदेशको रुपमा चिनाउने र यसबाट आर्थिक उपाजर्नमा समेत टेवापुग्ने बिश्वास छ ।अर्को सामुदायिक बनहरुमा पनि ब्यबसायिक रुपमा जडिबुटी खेतीगर्ने निति ल्याउँदैछौ यसबाट कर्णालीका बेरोजगार युवाहरुलाई ब्यबसायिक बनाउने लक्ष्य छ ।
धन बहादुर बुढालाई राप्रपाबाट एमालेमा ल्याउने मै हुँ
संघिय सरकारका पर्यटन राज्यमन्त्री धन बहादुर बुढालाई एमालेमा प्रवेश मैले गरेराएको हुँ ।उनी एक निर्माण ब्यबसायि थिए त्यतिखेर ।डोल्पामा एमाले जिल्ला कमिटीको अध्यक्ष अंगत बुढा थिए(अहिलेका नेपाली काङ्ग्रेस डोल्पाका पार्टी सभापती) पार्टी भित्रकै राजनितिक खिचातानी र जिल्लाका ठेकेदारसँग मिलेर बिकासि पैसा खायो भन्दै जिल्ला कमिटि संयोजक बुढाले म लागाएत नरबहादुर बुढा,चिना कुमारी केसीलाई पार्टीबाट कारवाही गरियो ।म निर्दोश चिए मैले ठेककेदारसँग मिलेर पैसा खाएको पनि थिएन् ।एक्कासी पार्टीमा प्रतिबेदन मार्फत एकहप्ता भित्र स्पष्टिकरण मागियो ।त्यो कुरा कसैलाई पनि थाहाँ थिएन् ।त्यपछि म छाँगाबाट खसेजस्तै भए ।तर पनि हिम्मत हारिने यो कुरा अञ्चल कमिटी वा क्षेत्रीय कमिटिमा पुष्टि गर्छु भन्ने सोचे तर माईन्युटमा कुनैपनि कमिटिमा पुष्टिगर्न नमिल्ने गरि निर्णय गरिएको रहेछ ।यतिसम्म हुँदा मलगाएतको टिमलाई पार्टीबाट हटाउने निर्णय भएको बुझे साह्रै तनाव भयो ।

राति निन्द्रा पनि लागेन् ।मध्ये राती यस्तो सोच आयो कि मलाई होईन अंगत बुढालाईनै पार्टीबाट निश्कासन गर्ने योजना बनाउनु पर्छे ।यो नै पछि सफल सावित पनि भयो ।त्यतिखेर धन बहादुर बुढा राप्रपा त्यागेर बाट कुन पार्टी प्रवेशगर्ने भन्ने चर्चा धेरै थियो ।त्यो भन्दा अगाडी उनीसँग राम्रो चिनजान पनि थिएन् ।नंम्बर पनि थिएन् ।ठेगेदारको बिरोधि अंगत बुढालाई निष्कासन गर्न बलियो पहँुच भएको ठेकेदारनै पार्टीमा भित्रयाउनु पर्छ भन्ने सोच आयो,सबै कुरामा पोख्द धन बहादुर नै उपयुक्त होलान जस्तो लाग्यो ।धन बहादुर बुढालाई सम्पर्क गेर ।उनीसँग सबै कुरा गरे ।भेट्ने सल्लाह भयो ।एकदुई दिनभित्रै भेटे ।उनी एमालेमा प्रवेशगर्न बुढा सहमत भएर प्रवेश गर्ने पक्कापक्की भयो ।

गणेश बहादुर शाही(हालका ठुलीभेरी नपाका प्रमुख),दत्त बहादुर शाही(एमाले जिल्ला अध्यक्ष),नर बहादुर बुढा(जिल्ला समन्वय उपप्रमुख)सँग धन बहादुर बुढालाई प्रवेश गराउने कुरामा सहमति जुट्यो ।बिस्तौर अर्का सक्रिय नेता ओम बहादुर बुढा(त्रिपुरा सुन्दरीका प्रमुख)लाई पनि सहमति भयो यसैगरि जिल्ला कमिटिक पदाधिकारीहरु सदस्यहरु आफ्नो पक्षमा ल्याउने क्रम जारी रह्यो ।सात जना भएर धन बहादुर बुढासँग बार्ताकालागि २०७० बैशाखमा काठमान्डौ आयाँै ।तत्कालहुन लागेको प्रतिनिधि सभाको चुनावमा धन बहादुर बुढालाई उम्मेद्वार बनाउने निर्णय भयो ।जिल्लाका बिभिन्न पदहरु आफुहरुले लिने निर्णय भयो ।काठमान्डौको एक होटेलमा बसेर जसरी पनि एमाले प्रवेश गर्छु भन्ने लिखित सम्झौता पनि भयो संकटा माई पनि छोए उनले ।त्यपछि सात जना डोल्पा फर्कियौँ ।

डोल्पामा ठेगेदारबाट करोडौँ पैसा खुवायर प्रवेश गराए भन्ने ब्यापक हल्ला रहेछ ।त्यसलाई वास्ता गरेनौ ।डोल्पा पुगेको केही समय भित्रै समानान्तर पार्टी खोल्यो ।कामको शिलसिलामा साविकको सहरतारा गाविस पुगेको बेला अंगत सुमह र हाम्रो समुहकोको झडप भयो ।अंगत बुढाले हाम्रो समुहलाई सार्वजानिक अपराधमा सत्र दिन हिरासतमा राख्न लगाए उनले भने ।अंगत बुढाको समुहसँग २४ महिना संर्घष गरियो ।५१ सदस्यी जिल्ला कमिटीमा दिन प्रतिदिन एक एक जनाले आफ्नो तर्फ बहुमत पु¥यायौ र अंगत बुढाको समुलाई अल्पमतमा पारेकर हंश बहादुर शाहीको संयोजकत्वमा जिल्ला कमिटि गठन गरियो । मन्त्री बुढाले बिगतलाई यसरी सम्झे ।

उद्यो पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा संग पत्रकार रामचन्द्र न्यौपाने गर्नुभएको भलाकुसारि  युगआहान दैनिक बाट साभार