उद्योग वाणिज्य संघद्धारा साँसद गहतराजलाई सम्मान

visionkhabar
प्रकाशित मितिः मङ्लबार, पुस १८, २०७४  || 242 Views   ||   |  

नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघले नव निर्वाचित साँसदलाई स्वागत तथा सम्मान गरेको छ ।

मंगलबार संघको कार्यालयमा बाँके क्षेत्र नं. १ बाट निर्वाचित संघिय साँसद महेश्वर गहतराज अथकलाई सम्मान गरिएको हो । संघका अध्यक्ष नन्दलाल वैश्यले खादा ओढाएर नव निर्वाचित साँसद गहराजलाई सम्मान गरेका हुन ।

सम्मान ग्रहणपछि साँसद गहतराजले संघका पदाधिकारीहरुसँग अन्तरक्रिया समेत गरेका थिए । उक्त क्रममा वाणिज्य संघको आयोजनामा संचालन हुन गईरहेको प्रादेशिक महोत्सवबारे छलफल समेत गरिएको संघका अध्यक्ष बैश्यले जानकारी दिए ।

प्रदेश नम्बर पाँचका अलावा ६ तथा ७ नम्बर प्रदेशको समेत ट्रान्जिट प्वईन्टका रुपमा रहेको नेपालगञ्जमा पहिलोपटक संचालन गर्न लागिएको प्रादेशिक महोत्सवको तयारीबारे साँसद गहतराजले जानकारी लिएको प्रचारप्रसार उप–समितिका संयोजक बसन्त लामिछाने जानकारी दिए ।